बार्सिलोनाबाट बाहिरिएका मेस्सी अब कता जालान् ? यी हुन् सम्भावित क्लब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 09:51:44 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का भईसकेको छ । दुबै पक्ष नयाँ सम्झौतामा सहमत भएपनि ला लिगाले नयाँ सम्झौताका लागि खेलाडीको पारिश्रमिक घटाउनुपर्ने अडान राखेपछि मेस्सी बार्सिलोनाबाट बाहिरिने निश्चित भएको हो ।

मेस्सीले बार्सा छोड्ने पक्का भएपछि अब उनको आगामी करियर कुन क्लबमा बित्ला भन्ने आँकलन गर्न थालिएको छ । कम्तीमा २०२६ सम्म बार्सिलोनामै बस्न तयार रहेका मेस्सी सम्झौता नभएपछि अब कुन क्लब जान्छन् भन्ने चासो विश्वभरीका उनका समर्थकमा छ । 

सन् २००० देखि बार्सिलोनाको युवा एकेडेमी ला मासियामा आवद्ध भएका मेस्सी अब कता जान्छन् भन्ने प्रष्ट भइसकेको छैन । उनको माग अनुसार आर्थिक खर्चेर उनीसँग सम्झौता गर्न सक्ने क्लब पनि सिमित मात्र छन् । 

मेस्सीको गन्तव्य बन्न सक्ने क्लबः

पेरिस सेन्ट जर्मेन (पीएसजी)

बार्सिलोनासँग मेस्सीको सम्झौता सकिनासाथ पीएसजीले मेस्सीसँग सम्पर्क गरेर कुराकानी गरेको थियो । तर, त्यतिबेला मेस्सीले आफू बार्सामै रहने मनशाय व्यक्त गरेका थिए । उनले आफू अहिले कोपा अमेरिकामा केन्द्रित रहेको भन्दै कुनै पनि छलफल अघि बढाएनन् । 

तर, यो सिजन च्याम्पियन्स लिग जित्ने लक्ष्य बोकेको पीएसजीले मेस्सी भित्र्याउन पहल गर्दैछ । पीएसजीले आफूलाई च्याम्पियन्स लिग जित्न मेस्सीको आवश्यकता महशुस गरिसकेको छ । अब मेस्सीले पनि इच्छा देखाए आगामी दिनमा मेस्सीलाई फ्रान्समा देख्न सकिने छ । 

यदि उनी पीएसजी गएको खण्डमा नेयमार र एम्बापपेसँग उनको साझेदारी बन्नेछ । मेस्सी र नेयमार पूराना साथी पनि हुन् । यी दुईको सम्बन्ध मैदानबाहिर पनि उत्तिकै सुमधुर छ । 

म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटी आर्थिक रुपमा बलियो क्लब हो । म्यान सिटी मेस्सीलाई प्रिमियर लिगमा भित्र्याउने हैसियत राख्ने मुख्य क्लब हो । 

ज्याक ग्रिलिसलाई बिहिबार एस्टन भिल्लाबाट १ सय मिलियन पाउण्डमा अनुबन्ध गरेको सिटीले इंग्ल्यान्डका कप्तान ह्यारी केन भित्र्याउन कसरत गरिराखेको छ । केनलाई क्लबमा अनुबन्ध गराउन टोट्यानहमले १५० मिलियन पाउण्ड माग गरेको छ ।

यो पनिः
२१ वर्षपछि बार्साबाट बाहिरिए मेस्सी, नयाँ सम्झौता नहुनुको कारण के ?

तर, मेस्सी पाउने अवस्था आयो भने सिटीले केनलाई छोडेर अर्जेन्टिनी फरवार्ड मेस्सीलाई पहिलो प्राथमिकता दिएर भित्र्याउन सक्नेछ ।

यी बाहेक केही अमेरिकी क्लबले पनि मेस्सीलाई भित्र्याउन चाहेका छन् । तर, मेस्सी भने युरोपमै बस्न चाहेका छन् ।

उनले आफ्नो ‘चाइल्ड क्लब’ नेवेल्स ओल्ड ब्वाइज पनि जान चाहेका छन् । करियरको अन्त्यमा बाल्यकालमा आफूले खेलेको क्लब नेवेल्स ओल्ड ब्वाइजमा फर्किने बताएका मेस्सी अहिले नै नै अर्जेन्टिना फर्कने सम्भावना भने छैन । तर, उनले कुनै समय नेवेल्स ओल्ड ब्वाइजबाट भने खेलेको देख्न पाईने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved