मेस्सीलाई सार्वजनिक गर्न पीएसजीद्वारा आईफेल टावर बुक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 10:53:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सको आईफेल टावर भाडामा लिएको छ । अर्जेन्टिनी फुटबल स्टार तथा बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सी भित्र्याउने तयारी गरेको पीएसजीले आईफेल टावर बुक गरेको हो ।

यसअघि सन् २०१७ मा कीर्तिमानी मूल्यमा बाज्रिलियन फुटबलर नेयमारलाई भित्र्याउँदा पनि पीएसजीले आईफेल टावर भाडामा लिएको थियो । त्यतिबेला नेयमारलाई सार्वजनिक गर्दा आईफेल टावर भाडामा लिँदा पीएसजीले ३ लाख युरो तिरेको थियो । 

यसपटक मेस्सीलाई सार्वजनिक गर्नकै लागि पीएसजीले आईफेल टावर बुक गरेको अनुमान गरिएको छ । इएसपिएनका पत्रकार डिएगो मानरोइगका अनुसार पीएसजीले अगष्ट १० का लागि टावर बुक गरेको छ ।

केही अन्तराष्ट्रिय सञ्चारमाध्यमले मेस्सीले पीएसजीसँग ३ वर्षको सम्झौता गर्ने उल्लेख गरेका छन् । वार्षिक ४० मिलियन पाउन्डमा मेस्सीले ३ वर्षको लागि सम्झौता गर्ने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved