ईपीएलको ट्रफी सार्वजनिक, बजाज पल्सर मुख्य प्रायोजक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 09:08:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जित्ने टोलीले पाउने ट्रफी सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले आज कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गरेका हुन् । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।

उक्त प्रतियोगितामा ललितपुर प्याट्रियट्स, काठमाडौँ किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष आयोजना हुने भनिएको ईपीएलको कोरोना महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता प्रदान गरेको छ ।

ईपीएलमा नेपालका उत्कृष्ट खेलाडीका साथै विदेशीले समेत भाग लिने आयोजकले जनाएको छ । काठमाडौँ किंग्स ११ ले पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई तथा चितवन टाइगर्सले पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरिसकेको छ । सो प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले समेत मान्यता प्रदान गरिसकेको आयोजकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved