१७ वर्षपछि मेस्सी बिनाको स्पेनिस ला लिगा सुरु, यी हुन् उपाधि दाबेदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 09:26:47 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा आजबाट सुरु भएको छ । सिजन २०२१–२२ अन्तर्गत पहिलो खेलमा गेटाफेलाई हराउँदै भ्यालेन्सिया विजयी भएको छ । भ्यालेन्सियाले गेटाफेलाई १–० ले हरायो । 

गत सिजन १३औं स्थानमा लिग सकाएको भ्यालेन्सियाले यस सिजनको आफ्नो पहिलो खेल जित्दै राम्रो सुरुवात गरेको छ । गत सिजन १५औं भएको गेटाफे पहिलो खेलमै स्तब्ध भयो ।

१७ वर्षपछि पहिलो पटक सुपर स्टार लियोनल मेस्सीबिना हुने ला लिगाबाट यसपाली नयाँ खेलाडी पनि चम्किने अपेक्षा गरिएको छ । 

स्पेनिस महारथी बार्सिलोनाले आर्थिक संघर्षका कारण मेसीलाई राख्न नसक्दा उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन गईसकेका छन् ।

ला लिगाको आफ्नो पहिलो खेलमा बार्सिलोना आइतबार रियल सोसिडाडसँग भिड्नेछ । रियल मड्रिडले अलाभेजको भ्रमण गर्नेछ ।

साविक विजेता एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै यस सिजन पनि उपाधि रक्षाको दौड सुरु गर्नेछ । एट्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोनासँगै यसटिक सेभिया पनि उपाधि दाबेदारको रुपमा छ । सेभियाले आइतबार राभो भालेकानोसँग खेल्दै लिग शुरुवात गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved