रियल मड्रिडको विजयी यात्रा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 09:24:42 AM मा प्रकाशित

laxmi  sunrise bank

रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । अलाभेजलाई ४–१ को फराकिलो अन्तरले पाखा लगाउँदै रियलले पहिलो ३ अंक जोडेको हो ।

अलाभेजको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबै टिमका तर्फबाट गरी कुल ५ गोल भए । 

रियलका लागि करिम बेन्जामाले ४८औं र ६२औं मिनेटमा गोल गरे भने नाचो फर्नान्डेजले ५६औं र भिनिसियस जुनियरले थप गरिएको समयमा गोल गरे । अलाभेजका लागि जोसेलुले ६५औं मिनेटमा पेनाल्टीमा गोल फर्काएका थिए ।

गए राती नै भएको अर्को खेलमा लेभान्टे र काडिज तथा मालोर्का र रियल बेटिसले समान १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

ला लिगामा साविक विजेता एट्लेटिको मड्रिडले आज राति सेल्टा भिगोसँग र बार्सिलोनाले रियल सोसिडाडसँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved