बराबरीमा सकियो नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 07:23:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा सम्पन्न खेल १-१ को बराबरीमा सकिएको हो।

खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको भए पनि भारतले दोस्रो हाफमा गोल गर्दै खेल बराबरी गरेको हो । खेलको ३६ औ मिनेटमा गोल गर्दै अन्जान विष्टले नेपाललाई आग्रता दिलाएका थिए । तर दोस्रो हाफमा ६० औ मिनेटमा भारतका अनिरुध थापाले गोल गर्दै बराबरी गरेका हुन् । 

नेपालले भारतसंग २ वटा  मैत्रीपूर्ण खेल आयोजना गरेको हो । दोस्रो खेल आगामी आइतबार हुने छ । आगामी साफ च्याम्पियनसिपको तयारीस्वरुप  नेपाल र भारतले मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। 

दक्षिण एसियाली साफ च्याम्पियनसिपको तयारी भए पनि दुबै टोलीको लडाई फिफा वरीयता सुधार गर्नु हुनेछ । फिफा मान्यता पाएको यो दुई खेलको नतिजाले वरीयतामा समेत प्रभाव पार्नेछ । 

फिफा वरीयताले आगामी महिना हुने एसिया कपको तेस्रो चरणको तालिका सार्वजनिकमा समेत समस्या आउनेछ । त्यसैले यो खेल एक मैत्रीपूर्ण मात्रै नभएर, प्रतिष्ठा र फिफा वरीयतामा माथिल्लो स्थान पाउने लडाईसमेत हो । हाल फिफा वरीयतामा भारत १०५औं स्थानमा छ भने नेपाल १६८औं स्थानमा छ ।

नेपाली टोली कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा छ भने छिमेकी भारत क्रोयसियन प्रशिक्षक इगोर स्टिम्याकको प्रशिक्षणमा छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved