दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 07:41:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो । 

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो  । दोस्रो हाफमा भारतका लागि फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरेका थिए । फारुख चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा दुई गोलले पछि परेको स्थितिमा नेपालले गोल फर्काएको हो । नेपालका मिडफिल्डर तेज तामाङले गोल गरेका थिए। थप गोल हुन नसकेपछि नेपाल दोस्रो खेलमा पराजित भएको हो।

पहिलो खेलमा भने नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।  आगामी साफ च्याम्पियनसिपको तयारीस्वरुप  नेपाल र भारतले मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved