रियल मड्रिड शीर्ष स्थानमा फर्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2021 | 08:47:01 AM मा प्रकाशित

laxmi  sunrise bank

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई २–१ ले हराउँदै रियल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।

सान्टिएगो बेर्नाबाउमा भएको खेलमा घरेलु टोलीले १४औं मिनेटमा टोनी क्रुजको गोलबाट अग्रता लिएको थियो । खेलको ३८औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा रोयो भालेकानोका लागि ७६औं मिनेटमा फल्काओले गोल गरे । इन्जुरी समयमा भालेकानोले बराबरी गोल फर्काउन उत्कृष्ट प्रयास गरेपनि गोल गर्न नसक्दा बराबरी गर्नबाट चुक्यो । 

जितसँगै रियल लिगको शीर्ष स्थानमा फर्किएको छ । १२ खेलबाट २७ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा रहेको रियल सोसिडाडभन्दा २ अंकले अगाडी छ । समान खेलबाट २० अंक जोडेको भालेकानो छैटौं स्थानमा काययमै छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved