नेयमारको २ गोलमा बोर्डोमाथि पीएसजीको जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2021 | 09:34:41 AM मा प्रकाशित

laxmi  sunrise bank

फ्रेन्च लिग वानमा शनिबार राती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डोलाई ३–२ ले हराएको छ । उक्त खेलमा पीएसजीका लागि नेयमारले २ गोल गरे । 

पाहुना टोली पीएसजीले ६३औँ मिनेटसम्म ३–० को अग्रता बनाएपनि अन्तिम समयमा २ गोल खाएको थियो । 

पीएसजीले २६औँ मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । नेयमारले नै ४३औँ मिनेटमा गोल थप्दै पीएसजीको अग्रता दोब्बर पारे । ६३औँ मिनेटमा केलियन एमबाप्पेले अर्को गोल थपेपछि पीएसजी ३–० को सहज अवस्थामा पुग्यो । 

बोर्डोका अलबर्थ इलिसले ७८औँ मिनेटमा गोल फर्काए । इन्ज्युरी समयमा घरेलु टोली बोर्डोका एमबाए नियाङले गोल गरेपनि जित दिलाउन सकेनन् । खेल पीएसजीले ३–२ ले जित्यो ।

लियोनल मेसीले भने कुर्कच्चा र ह्यामस्ट्रिङ चोटका कारण यो खेल गुमाए । जितपछि पीएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ । पीएसजीले १३ खेलबाट ३४ अंक जोडेको छ भने दोस्रो स्थानको लन्सको २४ अंक छ । एक खेल कम खेलेको निस २३ अंकका साथ तेस्रो स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved