आगामी युरोकप छनौटको लागि समुह निर्धारण, कुन देश कुन समुहमा ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 05:16:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 आगामी युरोकपको छनौट प्रतियोगिताको लागि समुह निर्धारण भएको छ । युरोपेली फुटबल संघले जर्मनीमा आज आयोजित एक कार्यक्रममा ड्र मार्फत १० वटा समुह निर्धारण गरेको हो ।


छनौट प्रतियोगितामा ५३ टिमले सहभागिता जनाउने छन् । जस मध्येबाट २४ वटा देशमात्र युरोकपको लागि छनौट हुने छन् । युरोकपको आगामी संस्करण सन् २०२४ मा जर्नामीमा हुने छ । आयोजकको हिसाबले जर्मनी प्रतियोगिताको लागि स्वत छनौट भएको छ । रुसलाई भने फिफाले प्रतिबन्ध लगाएको कारण छनौटमा सहभागी गराईएको छैन ।


अब १० वटा समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका अन्य देशसँग समान २-२ खेल खेल्ने छन् । त्यसपछि समुह विजेता र समुहका उप बिजेता युरोकपको लागि छनौट हुने छन् । यसरी हरेक समुहको बिजेता र उपविजेता गरि २० टिम युरोकपको लागि छनौट हुने छन् । जर्मनी छनौट भईसकेको छ । युरोकपमा कुल २४ राष्ट्र खेल्ने भएकोले बाँकि ३ देश भने प्ले अफ मार्फत छनौट हुने छन् ।


आगामी युरोकप सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म हुने छ । छनौट चरणका खेलहरु भने सन् २०२३ को मार्च २३ देखि सुरु भई सन् २०२४ को २६ मार्चमा अन्त्य हुने छ ।


यस अघि युरोकप सन् २०२० मा भएको थियो । उक्त प्रतियोगिताको उपाधि इटालीले जितेको थियो । जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक युरोकपको उपाधि जितेका छन् ।


युरोकप छनौटको लागि ८ वटा समुहमा ५ टिम छन् भने बाँकि २ वटा समुहमा ६ टिम छन् । हेर्नुस् सन् २०२४ को युरोकप छनौटको लागि गरिएको समुह विभाजन ।


समुह ए : स्पेन, स्कटल्याण्ड, नर्वे, जर्जिया, साइप्रस

समुह बि : नेदरल्याण्ड, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड, ग्रिस, गिब्रलटार 

समुह सी : इटाली, ईङल्याण्ड, युक्रेन, नर्थ मेसोडोनिया, माल्टा

समुह डि: क्रोएसिया, वेल्स, अर्मेनिया, तार्कि, लटभिया 

समुह ई : पोल्याण्ड, चेक रिपब्लिक, अल्बेनिया, फेरु आईल्याण्ड, मोल्डोभा

समुह एफ : बेल्जियम , अष्ट्रिया, स्वीडेन, अजरबैजान, इस्टोनिया 

समुह जी: हंगेरी, सर्बिया, मोन्टेनेग्रो, बुल्गेरिया, लिथुएनिया

समुह एच : डेनमार्क, फिनल्याण्ड, सोल्भेनिया, काजकस्थान, नर्थन आयरल्याण्ड, सान मारियो

समुह आई: स्विजरल्याण्ड, इजरायल, रोमानिया, कोसोभो, बेलारुस, एन्डोरा 

समुह जे : पोर्चुगल, बोस्निया एण्ड हर्सगोभिना, आइसल्याण्ड, लक्जेम्बर्ग, सोल्भाकिया, लिकटिस्टाईन 


May be an image of text that says 'GROUP A SPAIN GROUP SCOTLAND NETHERLANDS NORWAY GROUP c ITALY GROUPD FRANCE REPUBLICOF IRELAND GREECE ENGLAND CROATIA UKRAINE WALES GIBRALTAR ARMENIA NORTHMACEDONIA MALTA TÜRKIYE LATVIA + GEORGIA CYPRUS QUALIFYING DRAW GROUP POLAND ÛRU BELGIUM CZECHIA ALBANIA GROUP G HUNGARY AUSTRIA FAROE ISLANDS SWEDEN SERBIA MOLDOVA DOVA AZERBAIJAN MONTENEGRO ESTONIA BULGARIA LITHUANIA GROUPH DENMARK GROUPI FINLAND SWIT ZERLAND ISRAEL SLOVENIA GROUPJ PORTUGAL UEFA EURO2024 GERMANY ROMANIA BOSNIA AND HERZEGOVINA ICELAND KAZAKHSTAN RN IRELAND SANMARINO KOSOVO BELARUS LUXEMBOURG ANDORRA SLOVAKIA LIECHTENSTEIN'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved