टि २० विश्वकपमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हरायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 02:03:25 PM मा प्रकाशित

laxmi  sunrise bank

टि २० क्रिकेट विश्वकप अन्तर्गत आजको खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हराएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको भोलिप्लट नै स्टकल्याण्डले वेस्ट इन्डिजलाई हराएको हो। 

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज १८.३ ओभरमा अल आउट हुदै  ११८ रन मै सिमित भएपछि स्टकल्याण्ड ४२ रनले विजयी भएको हो 

हिजोबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई रनेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् । 

दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved