दोस्रो समुहबाट क्रिकेट विश्वकपको सेमिफाइनलमा पुग्न कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 09:21:49 AM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियामा जारी टि २० विश्वकपमा आइतबारको खेलमा साउथ अफ्रीकाले भारतलाई पराजित  गरेपछि भारत र पाकिस्तानको सेमिफाइनलमा यात्रामा  धक्का पुगेको छ । यद्यपि सो समुहबाट नेदरल्याण्ड बाहेक सबै टिमको सेमिफाइनलमा पुग्ने सम्भावना कायम नै छ ।

समुह बि मा रहेका साउथ अफ्रीका, भारत, बंगलादेश, जिम्बाबे, पाकिस्तान,र नेदरल्याण्ड मध्ये नेदरल्याण्डको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ । बाँकि सबै टिमको भने सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायम नै छ ।

सेमिफाइनलमा पुग्न कसलाई कस्तो नतिजा चाहिन्छ ?

१. साउथ अफ्रीका 

साउथ अफ्रीकाले हाल ३ खेलबाट ५ अंक बटुलेको छ र प्रतियोगितामा अपराजित छ । अब उसले पाकिस्तान र नेदरल्याण्डसँग खेल्न बाँकि छ । साउथ अफ्रीकाको रनरेट पनि राम्रो छ ।  यदि साउथ अफ्रीकाले नेदरल्याण्डलाई पराजित गरेमा उसको ७ अंक हुन्छ र सेमिफाइनलमा स्थान पक्का गर्छ । यदि साउथ अफ्रीकाले यी दुवै खेल हारे पनि बंगलादेश र जिम्बाबेले आफ्नो बाँकि खेल जितेमा पनि साउथ अफ्रीका सेमिफाइनलमा पुग्छ ।  

२. भारत

हाल भारतको ३ खेलबाट ४ अंक रहेको छ।   र अब बंगलादेश र जिम्बावे सँग खेल्न बाँकि छ ।   भारतले सेमिफाइनलमा पुग्नको लागि यी दुवै खेल जित्नु पर्छ ।  यदि भारतले बंगलादेशलाई पराजित गरेमा र जिम्बाबेसँग पराजित भएमा जिम्बाबे र साउथ अफ्रीका सेमिफाइनलमा पुग्न सक्छन् ।  यदि भारतले जिम्बाबेसँग जितेमा र बंगलादेशसँग हारेमा बंगलादेश र साउथ अफ्रीका सेमिफाइनलमा पुग्न सक्छन ।   अब भारत र बंगलादेशसँग खेल्ने दिन बर्षाको सम्भावना रहेको बताईन्छ । खेल हुन नसकेमा भारतलाई घाटा हुने छ ।  


३. बंगलादेश 

हाल बंगलादेशको ३ खेलबाट ४ अंक भएको छ र भारत र पाकिस्तानसँग खेल्न बाँकि छ ।  भारत र बंगलादेशको समान अंक भएपनि बंगलादेशको रन रेट कमजोर छ ।  बंगलादेशले यी दुवै खेल जितेमा बंगलादेश सेमिफाइनलमा पुग्ने छ ।  तर २ मध्ये १ खेल जितेपनि अन्य टिमको प्रदर्शनको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना भने कायम नै रहन्छ ।  


४. जिम्बाबे 

हाल जिम्बाबेको ३ खेलबाट ३ अंक छ र नेदरल्याण्डसँग खेल्न बाँकि छ।  सेमिफाइनलमा पुग्ने सम्भावना कायमी राख्न जिम्बाबेले दुवै खेल जित्नु पर्छ र दुवै खेल जितेमा उसको ७ अंक हुन्छ ।   ७ अंकले सेमिफाइनलमा पुग्ने ग्यारेन्टी भने हुँदैन , सोहि कारण उसले अन्य टिमको नतिजामा भर पर्नु पर्ने हुन्छ ।  तर ७ अंकले पनि सेमिफाइनलमा पुग्ने सम्भावना भने रहन्छ ।   

५. पाकिस्तान 

साउथ अफ्रीकाले भारतलाई हराएपछि पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना घटेको छ।  हाल पकितनको ३ खेलबाट २ अंक मात्र छ र अब साउथ अफ्रीका र बंगलादेशसँग खेल्न बाँकि छ ।  पाकिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना कायम नै राख्न यी दुवै खेल जित्नु पर्छ ।दुवै खेल जित्दा पाकिस्तानको ६ अंक हुन्छ । र नेट रन रेटको आधारमा पाकिस्तान छनौट हुन सक्छ, तर त्यसको लागि भारतले २मध्ये एउटा खेल हार्नु पर्छ र पाकिस्तानको रन रेट भारतको भन्दा राम्रो हुनु पर्छ ।   

यदि पाकिस्तानले आफ्नो दुवै खेल जितेमा, बंगलादेशले भारतलाई हराएमा, भारतले जिम्बावेलाई हराएमा भारत, पाकिस्तान र बंगलादेशको समान ६ अंक हुने छ ।  त्यसो हुँदा जसको रनरेट राम्रो छ, उही सेमिफाइनलमा पुग्छ । यसो हुँदा पाकिस्तानले २ खेल जितेको र भारतले १ खेल हारेकोले पाकिस्तानक रन रेट राम्रो भई पाकिस्तान सेमिफाइनलमा पुग्न सक्छ ।  तर यसको लागि पनि साउथ अफ्रीकाले नेदरल्याण्डलाई हराएर साउथ अफ्रीकाको ७ अंक मात्र  भएको हुनु पर्छ । 

६. नेदरल्याण्ड 

हाल नेदरल्याण्डले ३ खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन । नेदरल्याण्ड अब जिम्बाबे र साउथ अफ्रीकासँग खेल्न बाँकि छ । यी खेलको नतिजा जे आएपनि नेदरल्याण्ड सेमिफाइनलमा पुग्न सक्दैन । तर यी खेलको नतिजाले अन्य टिमको सेमिफाइनलमा पुग्ने र हट्ने सम्भावनामा भने भूमिका खेल्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved