भारत विश्वकपको सेमिफाइनलमा प्रवेश: दक्षिण अफ्रीका बाहिरियो, पाकिस्तानको सम्भावना कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 09:14:26 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले अष्ट्रेलियामा जारी टि २० विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आफ्नो अन्तिम खेल अगाडी नै भारतको सेमिफाइनलमा स्थान पक्का भएको हो ।

आज भएको खेलमा नेदरल्याण्डले दक्षिण अफ्रीकालाई पराजित गरेसँगै आफ्नो अन्तिम खेल खेल्नु अगाडी नै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेदरल्याण्डले दक्षिण अफ्रीकालाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिंग अग्रेको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५८ रन बनाएको थियो । १५९ को लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्र बनाउन सक्यो । नेदरल्याण्डले इतिहास मै पहिलो पटक दक्षिण अफ्रीकालाई पराजित गरेको हो । यस हारसँगै दक्षिण अफ्रीका विश्वकपबाट बाहिरिएको छ ।

अब आज हुने भारत र जिम्बाबेबिचको खेल तथा बंगलादेश र पाकिस्तानबिचको खेलको नतिजा जे आएपछि भारतले सेमिफाइनल खेल्न पाउने छ । दक्षिण अफ्रीकाको हारसँगै पाकिस्तान र बंगलादेशको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायम छ । अहिले नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने बंगलादेश र पाकिस्तानबिचको खेलको बिजेता सेमिफाइनलमा स्थान पक्का गर्ने दोस्रो टोली बन्ने छ ।  

त्यस्तै आजै दिउँसो १:४५ बजे हुने भारत र जिम्बावेबीचको खेलले समुह बिजेता र उप बिजेता तय गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved