बंगलादेशलाई हराउँदै पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 01:18:36 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले १२७ रन मात्र बनाएको थियो । १२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले उक्त लक्ष्य ५ विकेटको क्षतिमा ११ बल बाँकि रहदै १८.१ ओभरमा भेट्टाएको हो  ।

यस सँगै समुह २ बाट भारत र पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुगेक छन्। यद्यपि यस समुहबाट को समुह बिजेता बन्छ भन्ने कुरा भारत र जिम्बावेको खेलपछि थाहा हुने छ । जित सँगै हाल पाकिस्तान समुह २ को शिर्ष स्थानमा पुगेको छ । तर भारतले १ खेल खेल्न बाँकि रहेकोले उक्त खेल भारतले जितेमा भारत फेरी शिर्ष स्थानमा पुगेछ । 

आज बिहान भएको अर्को खेलमा नेदरल्याण्डले साउथ अफ्रीकालाई पराजित गरेसँगै पाकिस्तानको सम्भावना कायम नै बनेको थियो । पाकिस्तानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको सुरुमा पाकिस्तानले लगातार २ खेल हारेको थियो । २ खेल हारेसँगै पाकिस्तानको सम्भावना कमजोर हुदै गएको अवस्थामा पाकिस्तानले बाँकि ३ खेल जितेपछि र अन्य टोलीको नतिजा पनि आफ्नो अनुकुल आएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । 

समुह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज नेपाली समय अनुसार १:४५ बजे हुने भारत र जिम्बाबेबीचको खेलले कुन टोलीको प्रतिद्वन्द्वी को हुने छ भन्ने तय हुने छ । यदि सेमिफाइनलमा भारत र पकिस्तानले आ-आफ्नो खेल जितेमा विश्वकपको फाइनल भारत र पाकिस्तानबीच हुने छ । 

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved