आजदेखि प्रिमियर कप क्रिकेट सुरु हुँदै, उपाधि जित्दै फेरि एशिया कप खेल्ने नेपालको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 09:33:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चैत्र ३० गतेदेखि ओमानमा एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । टि २० फर्म्याटमा हुने यो प्रतियोगिताको बिजेताले सन् २०२५ को एशिया कपमा सहभागिता जनाउन पाउने छन् 

यो प्रतियोगितामा नेपाल सहित १० वटा टिम सहभागी छन् । जसमा समुह ए मा नेपाल सहित हंगकंग, मलेशिया, कतार र साउदी अरेबिया छन् । समुह बि मा बहाराइन, कम्बोडिया, कुवेत,ओमान र युएई छन् । दुवै समुहका समुह बिजेता र उप बिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल जित्ने टिमले एशिया कप खेल्न पाउने छ। 

यस्तो छ नेपालको खेल तालिका : 

चैत्र ३० शुक्रबार– नेपाल र मलेसिया, दिउँसो ४ : १५

वैशाख १ शनिबार– नेपाल र कतार, दिउँसो ४ : १५

वैशाख ३ सोमबार – नेपाल र हङकङ, मध्याह्नन ११ : ४५

वैशाख ५ बुधबार – नेपाल र साउदी अरेविया, मध्याह्नन ११ : ४५

प्रतियोगिताको पहिलो सेमिफाइनल वैशाख ७, दोस्रो सेमिफाइनल वैशाख ८ र फाइनल खेल वैशाख ९ गते हुने छ।  यस अघिको प्रिमियर कप जित्दै नेपालले एशिया कपमा सहभागी जनाएर एशिया कप खेलेको थियो । जसमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो । यस पटक पनि नेपाल उपाधि जित्दै फेरी एशिया कप खेल्ने लक्ष्यमा छ  । 

यस्तो छ नेपालको टिम 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved