गुराँस लघुवित्तले साढे २ लाख कित्ता आइपीओ बिक्रिमा ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 09:24:46 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि बैशाखदेखि सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले प्रति कित्ता १०० रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता आइपीओ बैशाख १६ देखि बिक्रि गर्न लागेको हो। 

लघुवित्तले निष्काशन गर्न लागेको दुई लाख ५० हजार कित्ता मध्ये ३ हजार ८७५ कित्ता कर्मचारीको लागि, १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणको लागि छुट्याईएको छ। 

इच्छुक लगानीकर्ताले ढिलोमा बैशाख २० सम्म आबेदन दिन सक्नेछन। त्यो दिनसम्म आइपीओ बिक्रि नभएमा जेठ १४ सम्ममा आबेदन दिने अन्तिम मिति रहनेछ। न्युनतम १० कित्ता र बढीमा ५०० कित्ताको लागि आबेदन दिन सकिनेछ। 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयर मार्फत पनि  आइपीओमा आबेदन दिन सकिनेछ।  लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल छ।  

यसअवधिमा लघुवित्तको जारि पुंजी ७ करोड ७५ लाख र चुक्ता पुंजी ५ करोड २५ लाख छ। सर्वसाधारणलाई आइपीओं निष्काशन पश्चात चुक्ता पुंजी ७ करोड ७५ लाख पुग्नेछ। 

लघुवित्त २०७३ सालमा स्थापना भई प्रदेश १ मा केन्द्रित रहेर त्यहाँका १० जिल्लामा २२ वटा शाखा मार्फत ११ हजार बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ६९ लाख ७ हजार खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved