ब्यापार ब्यवसाय र सम्बन्ध बढाउँन सघाउने ‘नेप्ली डट को’ नेपाली बजारमा, एआईको पनि सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 04:07:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै पहिलो ‘बायो लिंक’ पेज बनाउने सहितका विशेषता भएको वेवसाईट ‘नेप्ली डट को’ आएको छ । यसको पूरा रुप ‘नेक्स्ट जेनेरेशन इन्पावरमेन्ट प्लेटफर्म फर लिंकिङ्ग यू’ हो ।

सामाजिक सञ्जालमा कहाँ कहाँ ‘इन्गेज’ हुनुहुन्छ, सबै प्रख्यात सामाजिक सञ्जालहरुको लिङ्क एकै पेजमा राख्न मिल्ने, पेजलाई सजिलै एसईओ गर्न मिल्ने र ब्यूल्ट–इन एनलिटिक्स  लगायतका सुविधा भएको यो वेवसाईट प्रयोगमा आएको हो । 

व्यवसायी तथा कलाकारले आफू जोडिएका सामाजिक सञ्जालहरु देखिने गरी तिनलाई ‘सेन्ट्रलाइज’ गर्न यो वेवसाईटको प्रयोग गर्न सकिन्छ । त्यस्तै, सबै खालका लिंकहरुलाई ‘सर्ट यूआरएल’ बनाएर देखाउने काम पनि यो वेवसाईटमार्फत गर्न सकिन्छ । एसईओ क्रियट गर्ने, फाइल लिंक गर्ने जस्ता विशेषता यसमा छन् ।  साथै, क्यूआर कोड बनाउने, डिजिटल भिजिटिङ कार्ड बनाउने जस्ता सुविधा पनि यो वेवसाईटमा रहेका छन् ।

यदि तपाई डिजिटल मार्केटिङ्ग गर्नु चाहनु हुन्छ वा कुनै व्लग लेखक हुनुहुन्छ भने । च्याटजिपिटी–३.५ र ४ को एपिआई प्रयोग भएको ‘एआई कन्टेन जेनेरेट’ गर्ने विशेष सुविधा पनि यो वेवसाईटमा रहेका छन् । ब्लग लेख्ने आइडीया, टेक्स्टबाट फोटो बनाउने, ब्लग आर्टिकल लेख्ने जस्ता सुविधा छन् । त्यस्तै, भिडियोको शीर्षक कस्तो हुँदा सुहाउँदो हुन्छ भनेर लेख्ने, भिडियोको ‘सर्ट डिस्क्रिप्शन’ लेख्ने जस्ता विशेषता पनि समावेश छन् । त्यस्तै, स्टार्टअप आईडीयाहरु पनि लिन सकिन्छ भने अडियोलाई अक्षरमा ‘कन्भर्ट’ पनि गर्न सकिन्छ । एकै ठाउँमा सबै सामाजिक सञ्जालहरु लिंक गर्ने र नेपालमै सजिलै एआई कन्टेन जेनेरेटरको प्रयोग गर्न सजिलो होस भन्ने उदेश्यले यो वेवसाईट सुरु गरिएको यसका फाउण्डर दिनेश जंग राना बताउँछन् ।

समग्रमा यो वेवसाईटबाट डिजिटल मार्केटिङ र बायो लिंकका सबै कामहरु गर्न सकिन्छ । 

यो निशूल्क प्रयोग गर्न सकिन्छ तर सम्पूर्ण सेवाहरु प्रयोग गर्नका लागि प्याकेज किन्नु पर्छ । सबै प्याकेजहरुको वार्षिक शूल्कमा ४०% सम्म छुट छ ।  सुरुमा स्टार्टटर प्याकेज पाइन्छ । यसका लागि मासिक ७ सय र वार्षिक ५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यस्तै, डिजिटल मार्केटिङ र इ–कमर्सका लागि उपर्युक्त हुने प्रिमियम प्याकेज उपलब्ध छ । यसका लागि मासिक २५ सय र वार्षिक १८ हजार शुल्क लाग्छ । ‘इन्टरप्राइजेज’ प्याकेजको भने सेवा उपभोग अनुसारको शुल्क लाग्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved