समन्वय नहुँदा अझैं रोकिए लोकप्रिय च्यानल, अबैध बाटोबाट टिभी हेर्ने बढे

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Dec 10, 2020 | 03:00:34 PM मा प्रकाशित

laxmi  sunrise bank

गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापन रहित (क्लिन फिड) लागुभएपनि केही च्यानल अझै सञ्चालनमा आउन सकेका छैनन् । पर्याप्त मात्रामा तयारी नहुँदा रोकिएको च्यानल पुनः सञ्चालनमा नआउँदा टेलिभिजन हेर्ने ग्राहकको संख्या दिनानुदिन घट्दो क्रममा रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । 

लामो सयमदेखि रोकिएको च्यानल पुनः सञ्चालनमा ल्याएर पुराना ग्राहकलाई फर्काउने प्रयासमा व्यवसायीहरु लागेपरेपनि सरकारी निकायविच समन्वय नहुँदा समस्या भएको उनीहरु बताउँछन् । 

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्षमा सुधिर पराजुली सरकारी कार्यालयबिच समन्वय नहुँदा १ महिनादेखि क्लिनफिडको आवश्यक उपकरण (बक्स) भन्सारमा रोकिएको बताउँछन् । उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, भन्सार विभाग, वाणिज्य विभाग तथा नेपाल राष्ट्र बैंकबिच समन्वय नहुँदा स्टारले ल्याएको क्लिनफिड बक्स भन्सारमा रोकिएको हो ।

‘स्टारको बक्स नेपाल ल्याउन निवेदन दिएर अनुमति पाउँन समय लाग्यो, त्यतिबेला पर्याप्त उडान नहुँदा समस्या भएको थियो, अहिलो ल्याईएको बक्स समेत भन्सारमा रोकियो’, उनले भने, ‘दुई सरकारी निकायहरु वाणिज्य विभाग र भन्सार विभागबिच समन्वय नहुँदा ३२ वटा टेलिभिजन च्यानल पुनः सञ्चालनमा आउन सकेन् ।’

डिजिटल टेलिभिजन अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष एवं डिशहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्य क्लिनफिड लागुभएपछि इच्छा अनुसारको च्यानल हेर्न नपाउँदा टेलिभिजन हेराइ ग्राहकहरुको रोजाईमा  पर्न छोडेको बताउँछन् । 

रकम तिरेर समेत आफ्नो रोजाई अनुसारको च्यानल हेर्न नपाउँदा धेरै ग्राहकहरुले रिचार्ज गर्न छोडेको उनको भनाई छ । सहरी क्षेत्रका ग्राहकहरुले विकल्पको रुपमा अन्य माध्यको प्रयोग गर्न थालेपनि ग्रामीण भेगका ग्राहकहरु समस्यामा परेको उनी बताउँछन् । 

विदेशी च्यानल सगैँ डबिङ गरिएको विज्ञापन समेत रोकिदा समग्र व्यवसाय नै धरापमा पर्न गएको उनको बुझाई छ । 

‘क्लिनफिड लागुभएपछि नेपालमा निरन्तर रुपमा प्रशारण हुने गरेका अन्तराष्ट्रिय स्तरका डविङ विज्ञापनहरु रोकिएका छन, नेपालकै लागि उनिहरुले छुट्टै विज्ञापन बनाउन झन्झटीले भन्दै प्रशारण रोके’,उनले भने ।

क्लिन फिड कार्यन्वयनले भएन कसैलाई फाइदा, समाधान खोज्न कार्यदल गठन

डिटिएचमा ग्राहक बढ्दै  

क्लिनफिड लागुभएपछि काठमाडौँ उपत्यकामा समेत भारतीय टिभि च्यानल (डिचिएच) हेर्नेको संख्यामा बृद्धि भएको आइस्पानका अध्यक्ष पराजुली बताउँछन् । 

क्लिनफिड लागुहुनु भन्दा अघि तराईका अधिकाशं जिल्लामा गैरकानुनी रुपमा भारतीय टिभि च्यानल हेर्ने प्रवृति तराईबाट काठमाडौँमा आइपुगेको उनको  भनाई छ । गत कात्तिक ८ गतेदेखि हालसम्म ५ प्रतिशत ग्राहकहरु अबैध टिभि हेर्न थालेको अनुमान छ । क्लिनफिड लागू हुनुपुर्व  अबैध बाटोबाट टिभी  हेर्नेको संख्या तराईमा १५ प्रतिशत रहेको अनुमान गरिएको थियो । 

२५ प्रतिशत ग्राहक घटे

कात्तिक ८ गतेदेखि हालसम्म २५ प्रतिशत ग्राहकहरु घटेको पराजुली बताउँछन् । उनका अनुसार क्लिनफिड लागूहुनुभन्दा अघिको तुलनामा हाल २५ प्रतिशत ग्राहकले रिचार्ज गर्न छोडेका छन् । ग्राहकले इच्छा अनुसारको च्यानल हेर्न नपाउँदा रिचार्ज गर्नेको संख्यामा कमी आएको उनी बताउँछन् ।

‘एक महिनादेखि स्टारको बक्स भन्सारमा रोकिएको छ, अर्काे इच्छा अनुसारको टेलिभिजन हेर्न नपाउँदा ग्राहकहरुले अन्य विकल्पहरु रोज्न थाले, व्यवसायीको समस्यामा सरकारले सहयोग गरेन’, उनले गुनासो गरे ।  

‘सरकार क्लिनफिड लागू गर्नुपर्छ भन्दै व्यवसायीलाई परेको समस्यामा मुकदर्शक बन्यो, भन्सारमा उपकरण रोकिएको विषयमा सञ्चार मन्त्रालयमा जानकारी गराउँदा समेत वेवास्ता गरियो’, उनले गुनासो गर्दै भने, ‘समन्वयको काम गर्नुपर्ने सञ्चार मन्त्रालयका अधिकारीहरु पत्र पठाएका छौँ, सहयोग भएको छ भन्दै पन्छिए ।’

क्लिन फिडले फेरियो टिभी हेर्ने शैली, विज्ञापन र राजश्वमा ठुलो धक्का

रणनीति बनाउनमै व्यस्त बिज्ञापन बोर्ड 

नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले पहिलो पटक गठन भएको विज्ञापन बोर्डले अहिलेसम्म ४ वटा बैठक बसेको छ । 

उक्त बैठकले अहिलेसम्म बोर्डको बैंक खाता कहाँ खोल्ने, कसरी अगाडी बढ्ने जस्ता बिषय मात्र टुंग्याएको छ ।  तर क्लिन फिड लागू भएपश्चात त्यसको प्रभावबारे बोर्डले अहिलेसम्म छलफल समेत सुरु गर्न भ्याएको छैन। संचार मन्त्रालयले  ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन, पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको छ ।

खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त नहुँदासम्मको लागि बिज्ञापन बोर्डका अध्यक्षको जिम्मेवारी सम्हालेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले बोर्डले काम गर्न सुरु गरेकाले छोटो समयमै समस्याको समाधान खोजिने बताए। 

क्लिन फिड का कारण सृजना भएको समस्या र समाधानको अध्ययन गर्नलाई सञ्चार मन्त्रालयले सह सचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीको संयोजकत्वमा कार्यदल गठन गरेको छ। तर कार्यदल गठन भएपनि क्लिन फिड लागू भएपश्चात सृजना भएका समस्याको समाधान खोज्न तर्फ सरकारले अग्रसरता लिन नसक्दा नेपालीहरुको टेलिभिजन हेराईको विकल्प खुम्चिएको छ भने गलत बाटोबाट टेलिभिजन हेर्ने प्रवृति बढिरहेको छ।

यस अघि: 
-क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत

-क्लिन फिडको शास्ती: बन्द च्यानल हेर्न महिना कुर्नुपर्ने, टिभी हेराई १०० प्रतिशतले महँगिँदै

-क्लिन फिड लागू भएपछि युट्युब बन्यो विकल्प, टेलिभिजनवालाका बदमासी यथावत

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved