निर्मल पुर्जा बल्डलिंकको सद्भावना दूत नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 04:54:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा बल्डलिंकको सद्भावना दूत नियुक्त भएका छन् । बुधवार आयोजित कार्यक्रमका बीच वर्ल्डलिंकले पर्जालाई सदभावना दूत नियुक्त गरेको हो।

पुर्जाको हिमाल आरोकार सम्बन्धी कथामा आधारित भएर तयार पारिएको वृत्तचित्र (डकुमेन्ट्री 'फोर्टिन पिक्सः नथिङ ईज ईम्पोसिबल' केही साता अघि मात्रै नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक भएको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय मध्येको एक हो।

वल्डलिंकले आज नै  नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ। यसमा नोकिया वेकन ३.० राउटर प्रयोग हुने छ।

योसगै यो संगै वल्र्डलिंकको ईन्टरनेटको स्पिड अव कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमवीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

'वल्र्डलिंक सधै उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं,' वल्डलिंकका निर्देशक मनोज अग्रवाल भने।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्पिड २२ एमवीपीएस छ । साढे पाँच लाख परिवारलाई इन्टरनेटसंग जोडेको वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसंगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमवीपीएस पुग्ने अपेक्षा कम्पनीको छ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच वल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो । उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिंकको अपेक्षा छ।

वल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। यसको लागि डुअल व्याण्ड भएको राउटर मात्र आवश्यक पर्नेछ । 

यो योजनाले ईन्टरनेट सेवाग्राहीको वाई-फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने बल्डलिंकको विश्वास छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved