डिशहोम फइबरनेटद्वारा डिलर दाइ सम्मान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 01:16:51 PM मा प्रकाशित

laxmi  sunrise bank

डिश होमले आफ्ना डिलर दाईहरुलाई  सम्मान गरेको छ । डिशहोमले क्षेत्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको हो । 

गण्डकी अञ्चलमा डिश होम, डिशहोम फइबरनेटको बिक्रि र बिक्रि पछि ग्राहकलाई पुर्याएको सेवाको कदर गर्दै पोखराका दिप एलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायेर्स, स्यांग्जाका रन्जना फेन्सी, लुद्र मान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट एलेक्ट्रोनिक्स, जनसेवा एलेक्ट्रोनिक्स लाई सम्मान गरिएको हो । 

उनीहरुलाई उपहार स्वरुप एक एक थान ल्यापटप, साथै बिक्रि पछिको उत्क्रिष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुवेदीले प्रशंशा पत्रसहित सम्मान गरेका हुन् । उक्त कार्यक्रममा गोर्खा, लम्जुङ्ग, स्यांग्जा, तनहुँ  र कास्कीका डिष्ट्रिब्यूटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको  उपस्थिति रहेको थियो ।  

डिशहोम फाइबर नेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ । डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निशुल्क इन्टरनेट सुबिधादेखि ६०० एमबीपीएस सम्मको प्याकेज उपलब्ध छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved