इन्टरनेट सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्यूनिकेशनको लाईसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 02:08:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्यूनिकेशन प्रा.लिको लाईसेन्स खारेज गरेको छ। लितपुरको जावलाखेल स्थित लोक चोकमा केन्द्रीय कार्यालय रहेको नेपाल इन्फ्रा एण्ड कम्यूनिकेशन प्रा.लिको लाईसेन्स प्राधिकरणले खारेज गरेको हो।

प्राधिकरणको अनुमति ब्यबस्थापन शाखाका अनुसार कम्पनीले नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको जनाएको हो । 

 साथै नेटवर्क सेवा प्रदायकको सेवा संचालन गरे वापत नियमानुसार तिर्न बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम तिर्न प्राधिकरणले जनाएको छ। अन्यथा उपरोक्त बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने प्राधिकरणले प्रष्ट पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved