नेपाल टेलिकमले अदालतमा दूरसञ्चार सेवा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 07:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो ।
सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह- रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा Dedicated इन्टरनेट र Dedicated इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा SMS Alert Service र Pull SMS Service ( Short Code) उपलब्ध गराउनेछ ।
हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved