नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन पहिलोपटक ई–सेवा फोन पे, आईएमई डिजिटल र प्रभु टेक्नोलोजीलाई पेमेन्ट गेटवे सेवा संचालनको अनुमति प्रदान गर्यो।
यस अघि २८ बाणिज्य बैंकले मात्र पेमेन्ट गेटवे सेवा दिंदै आएकोमा गैरबैंकिङ संस्थाहरूलाई समेत यो सेवा दिने बाटो खुलेपछि त्यसयता अन्य केहि कम्पनीहरुले समेत राष्ट्र बैंकबाट अनुमति लिई पेमेन्ट गेटवे सेवा दिंदै आएका छन भने करिब दर्जन कम्पनीहरु लाइसेन्सको पर्खाईमा छन।
३ करोड बढी जनसंख्यामा पेमेन्ट गेटवे चलाउनेको संख्या केहि लाखमा सिमित छ। यद्दपी पछिल्लो समय पेमेन्ट गेटवे कम्पनीहरुबीच देखिएको तिब्र प्रतिस्पर्धा र प्रविधिमा आएको विकासले पेमेन्ट गेटवे चलाउनेको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ। यो सेवा नियमित उपयोग गर्नेको संख्या यति नै छ भन्ने कुनै आधार नभएपनि संचालनमा आएका कम्पनीहरुको ग्राहकसंख्यालाई आधार मान्ने हो भन्ने यो संख्या २० लाखको हाराहारीमा हुन सक्ने देखिन्छ।
पेमेन्ट गेटवे संचालनको अनुमति पाएका कम्पनीहरुलाई एकातर्फ नयाँ नयाँ सेवा दिएर ग्राहक तान्नुपर्ने चुनौती छ भने अर्को तर्फ यो सेवाबारे सर्वसाधारणमा जनचेतना फैलाउनुपर्नेछ। यी दुवै जिम्मेवारीलाई आत्मसाथ गर्दै पछिल्लो समय प्रभु ग्रुपले ‘प्रभु पे’ नामक अत्याधुनिक डिजिटल वालेट सार्वजनिक गरेको छ।
उपभोक्तामा पेमेन्ट गेटवे बारे चाँसो बढाउँन र डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्न 'प्रभु पे' ले बिशेष सेवा सुविधाका साथ साथै ग्राहकलाई वीमा सेवा समेत दिएको छ। सर्वसाधारणमा पेमेन्ट गेट वे बारे जनचेतना फैलाउन र उनीहरुलाई पेमेन्ट गेटवेमा अभ्यस्त बनाउन प्रभु पे ले 'फ्रेन्ड रेक्वेस्ट' नामक आकर्षक अफर दिएको छ।
साथिहरुलाई प्रस्ताब पठाएकै भरमा ग्राहकले प्रति प्रस्ताब ३० रुपैयाँ प्राप्त गर्न सक्नेछन। एक ग्राहकले अर्को ग्राहकललार्इ यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थपिन्छ। यसबाट पेमेन्ट गेट वे प्रति ग्राहकको चाँसो बढ्ने र सरकारले लिएको डिजिटल पेमेन्टको नीतिलाई सहयोग पुग्ने प्रभु समुहको बिश्वास छ।
यति मात्र नभई प्रभु पे ले आफ्ना प्रत्येक ग्राहकलाई निर्जिबन वीमा सेवाको सुविधा दिएको छ। यसको सेवा लिने ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्राप्त गर्नेछन। ग्राहकले प्रभु पे मार्फत गरेको कारोबारको आधारमा उनीहरुको विमा सेवा तय हुन्छ। प्रभुले तोकेको कारोबार रकम र समयको मापदण्ड पुरा गरेका ग्राहकले वीमा सेवा प्राप्त गरेको मेसेज पाउनेछन र त्यसपछि उनीहरुको दश लाखसम्मको दुर्घटना बिमा पक्का हुनेछ।
'प्रभु पे' मा नगद, कार्ड र इन्टरनेट बैंकिङको सम्मिश्रण रहेकाले यो प्रोडक्ट पेमेन्ट गेटवे भन्दा पनि माथि रहेको कम्पनीको दाबी छ। प्रभु पे मा अन्य पेमेन्ट गेटवे ले दिने बैंक तथा वित्तीय संस्थाको खाता बाट पैसा ट्रन्सफर गर्ने, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्ने, टिभी रिचार्ज गर्ने, एनसीएचएल डिपोजिट गर्ने सेवा त छदैछ। यसका साथै एक सहकारीबाट अर्को सहकारीमा ब्यालेन्स ट्रान्सफर गर्ने मात्र नभई ग्राहकले युनियन पे र क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सक्नेछन। जसबाट प्रभु पे ले डिजिटल पेमेन्टको अवधारणालाई एकै प्रोडक्टमा समाबेश गर्ने प्रयास गरेको छ।
प्रभु पे मार्फत युनियन पे र क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिने भएकाले विदेशबाट नेपाल आउने ग्राहकले आफ्नै कार्ड प्रयोग गरेर नेपालमा भुक्तानी गर्न सक्नेछन। यो सेवाले कम्तिमा पनि बिदेशी बैंक तथा वित्तीय संस्थाको कार्ड होल्डरलाई नेपालमा भुक्तानी गर्न सहज हुनेछ। त्यस्तै प्रभु पे मार्फत रेमिट गर्नेले प्रभु पे च्याट रुममा गएर पठाएको पैसा प्राप्त गरे नगरेको यकिन गर्न सक्नेछन।
प्रभु समुहले बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकप्टर, टिभि, सुचना प्रविधि र व्यवस्थापन सम्वन्धी विभिन्न कम्पनी संचालन गर्दै आएको छ र उसंग पहिल्यै नै लाखौंको संख्यामा ग्राहक छन। त्यसैले पनि ग्राहक तान्ने सोच भन्दा माथि उठेर डिजिटल पेमेन्टलाई प्रोत्साहन हुनेगरि पेमेन्ट गेटवे सहितको प्रोडक्ट ल्याइएको प्रभु पे को दाबि छ।
सन २०१० देखि नै डिजिटल कारेबारलाई ध्यानमा राखेर विभिन्न डिजिटल कारोबार गर्न मिल्ने एप्स संचालन गरीरहेको प्रभु पे ले अन्य वालेटभन्दा फरक सेवा तथा सुवाधा सहित मोबाइल वालेट संचालनमा ल्याएको हो। प्रभु पे को एप्सलाई मोबाइलमा गुगल वा प्ले स्टोरबाट डाउन्लोड गर्न सकिन्छ । डाउन्लोड गरिसकेपछि पैसासँग सम्बन्धित सम्पुर्ण कार्यहरु यसै एपबाट गर्न सकिनेछ।
प्रभु पे पेमेन्ट गेट वे को सोच भन्दा माथि उठेर डिजिटल पेमेन्टको सोचलाई पुरा गर्ने गरि ल्याइएको बिशेष प्रोडक्ट भएकाले यसका ग्राहकले सम्पूर्ण डिजिटल पेमेन्टको सुविधा पाउनेछन र ग्राहकले मोवाईललाई नै खल्तीको रुपमा प्रयोग गर्न पाउनेछन र उनीहरुको हातमा नै बैंक पुग्नेछ।
(प्रभु म्यानेजमेन्टकी अध्यक्ष तथा प्रभु डिजिटल निर्देशक कुसुम लामासंगको कुराकानीमा आधारित)