एनसेलले फेरी ल्यायो सापटी सुबिधा, यस पटक निशुल्क सेवा लिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 01, 2017 | 11:34:55 AM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रको दुर संचार सेवा प्रदायक कम्पनी ऐनसेलले 'नयाँ सापटी' योजना सुरु गरेको छ । जस अन्तर्गत एनसेलका प्रिपेड प्रयोगकर्ताले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत ३० रुपियाँको सापटी लिन सक्ने छन्   । 

सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ । 

यसरी लिईएको सापटी अर्को पटक रिचार्ज गर्दा काटिने छ भने यसमा पहिलेको जस्तो कुनै शुल्क लाग्ने छैन  । 

  
यो योजना आज सोमबारदेखि जेठ १ सम्म लागु हुने एनसेलले जनाएको छ  । यो सेवा लिनको लागि सिम कार्ड भने कम्तिमा ६० दिन प्रयोग  भएको हुनु पर्ने छ   । 

 
एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved