‘गोरा छालालाई मात्र होईन मौलिक पर्वलाई पनि पर्यटनसँग जोड्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 12:44:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ । नेपाल पर्यटन बोर्ड र समृद्धिका लागि पर्यटन संस्थासँगको संयुक्त सहकार्यमा जाट–नेपालले अक्षय तृतीया पर्वलाई पर्यटनसँग जोड्ने प्रवद्र्धनात्मक कार्यको थालनी गरेको हो । 

‘पर्वको परम्परा राष्ट्रको पर्यटन’ मुल नाराका साथ आयोजित कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाहले कृषि पर्यटन र प्रबिधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए । संस्कृतिलाई पर्यटनसँग जोड्दै राष्ट्रिय एकतामार्फत देशलाई समृद्धिमा लैजान यस्ता पर्वहरुको विशेष महत्व हुने उनको भनाई छ । देश कति सम्पन्न छ भन्ने कुरा त्यहाँको संस्कृति कति सम्पन्न छ भन्नेमा निर्भर रहने पर्यटन बोर्डका बोर्ड सदस्य दीपक महतको भनाई छ । 

कार्यक्रममा समृद्धिका लागि पर्यटन अभियानका कृष्णकुमार अर्यालले सिमित काम र गोरा छाला भएकाले जे भन्यो त्यहि मात्र पर्यटन भन्ने मानसिकता बदल्नुपर्ने बताएका छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved