पर्यटक बस व्यवसायी भन्छन्, ‘उठ्नै नसक्ने भईयो’

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 07, 2020 | 03:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank

गत चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी र भदौ ३ गतेदेखि गरिएको निषेधाज्ञाका कारण साढे ३१ अर्ब बढी लगानी गरेका पर्यटक बस व्यवसायीहरु अत्तालिएका छन् । बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरेका व्यवसायीहरु व्यवसाय ठप्प हुँदा उठक्ने सक्ने अवस्था नभएको बताएका छन् । 

पर्यटक बस व्यवसायमा आबद्ध व्यवसायी, बसका चालक तथा सहचालक व्यवसाय ठप्प भएपछि भोकमरी आउने सक्ने भन्दै वैकल्पिक बाटो खोज्न थालेका बताउँछन् । 

दुई संघ मार्फत पर्यटक बस सञ्चालन हुँदै आएको व्यवसाय चीनमा कोरोना भाइरस संक्रमण देखिएपछि ठप्प भएको छ । अर्बाे लगानी गरेको व्यवसाय नौ महिनासम्म बन्द हुँदा करोडौँको नोक्सानी थुप्रियको व्यवसायी बताउँछन् । 

मासिक २० लाख नोक्सान भयो एनटिभिए

८० व्यवसायी आबद्ध भएको नेपाल पर्यटक यातायात व्यावसायी संघ (एनटिभिए) मा मात्र ३० अर्ब भन्दा बढीको लगानी रहेको व्यवसायी बताउँछन् । संघका अध्यक्ष रामहरी शर्मा ९ महिनादेखि व्यवसाय बन्द हुँदा अत्महत्या गर्ने अवस्था आएको बताउँछन् । 

बैंकबाट करोडौँ ऋण लिएर सञ्चालन गरेको व्यवसाय बन्द छ । अझैँ कति समय यस्तै हुने हो केहीभन्न सक्ने अवस्था नै छैन, अझैँ व्यवसाय बन्द भयो भने चल्न सक्ने अवस्था नै छैन्, उनले भने, बैकमा तिर्नुपर्ने किस्ता रोकिएको छ, अब ग्यारेजबाट बस निकाल्दा ३ देखि ५ लाख सम्म लाग्छ, ऋण माथि ऋण थपियो, तर कसैको मिठो बोलि पाइएन् । 

सरकारले अति प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेको छ, तर सरकारी नियम कहिले लागु हुने हो, पुनकर्जा पाउँन भन्दा अगाडी नै हामीहरु बस्न नसक्के अवस्था सिर्जना भएको छ । 

पर्यटकलाई सेवा दिन हामीले ७० लाख देखि एक करोड सम्मका बसहरु सञ्चालन गरेका छौँ, उनले भने, बैंकले पुनकर्जा दिने भनेको छ, कार्यविधि बनेर आउँदा सम्म कसरी चल्ने अन्योल थपिएको छ ।

सरकारले भनेअनुसार हामीले भदौँ १ र १६ गतेदेखि सार्वजनिक यातायात स्वरुप लामो दुरीका गन्तव्यमा बस सञ्चालन गर्ने तयारी गरेका थियौँ, तर पटक पटक समय सार्दा अब के गर्ने भन्ने अन्योल थपिएको उनि बताउँछन् । हामीले बसका चालक तथा सहचालकलाई स्वास्थ्य सम्बन्धी तालिम, स्वास्थ्य सामग्रीहरु दिएर तयारी अबस्थामा रहेका थियौँ, तर पटक पटक समय सार्दा झन समस्या थपिएको उनि बताउँछन् । 

ग्यारेजबाट बस निकाल्नै समस्या छ टिवान

टुरिस्ट बस एसोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्मा साढे एक अर्ब लगानी गरेका ३५ व्यवसायी उठ्ने सक्ने अवस्था नरहेको बताउँछन् । 

सार्वजनिक यातायात व्यवसायीहरु जस्तै हामी व्यवसायीसँग १÷२ वटा बसहरु छैनन्, कम्तीमा ५ भन्दा बढी पर्यटक स्तरका बसहरु छन् । एक बसमा ७० लाखभन्दा धेरै लगानी गरिएको छ, सन् २०२० को सुरुवाती देखिनै व्यवसाय बन्द भएको उनि बताउँछन् । उनका अनुसार सरकारले बन्दाबन्दीको अबधिमा सार्वजनिक यातायात सरह पर्यटक बसलाई राखेतापनि आजसम्म कुनै सहयोग पाईएको छैन् । 

‘सामान्यतय धेरै बसका असारमसान्तमा नविकरण समय सकिएको छ, नविकरण नभएको बसलाई जरिवाना लगाईएको भन्ने हाम्रा व्यवसायी साथीहरुले गुनासो गरेका छन्,’ उनले भने, ‘सरकारले पर्यटक बसलाई सार्वजनिक यातायातका रुपमा राखेतापनि दर्ता र नविकरण प्राइभेट गाडीमा राखिएको छ । हामी व्यवसायीहरु यसै मर्कामा रहेका छौँ, बसका नविकरण शुल्क, इन्स्यरेन्स र बैंकको किस्ता कसरी तिर्ने ।’

टिवानमा आवद्ध व्यवसायीले सोह्रखुट्टेबाट पर्यटक ओसार्ने गर्दछन् भने एनटिभिएमा आवद्धले त्रिभुवन विमानस्थलबाट रिजर्भमा सेवा दिने गर्दछन् ।

पर्यटकलाई सेवा पुर्याउन भन्दै हरियो नम्बर प्लेटका बस सञ्चालन गरेका व्यवसायीहरु चिनमा कोरोना भाइरस संक्रमण देखिएपछि व्यवसाय ठप्प भएको बताउँछन् । अझैँ कति समय ग्यारेजमा नै लाखौँको बस राख्नुपर्ने हो केही जानकारी नभएको उनिहरु बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved