अध्यागमन कार्यालयको भिसा शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसगैँ बन्द भएको भिसा सेवा पुनः सुचारु भएको छ । गत साउन २६ गतेदेखि विदेशी पर्यटकलाई दिदैँ आईएको पर्यटक भिसा तथा नवीकरण सेवा आजबाट सुचारु भएको हो ।
भिसा सेवा सुरु भएसगैँ गत चैत ८ गतेसम्म भिसा अबधि रहेका पर्यटकहरु नियमित अन्तराष्ट्रिय उडान सुचारु भएको १५ दिनभित्र स्वदेश फर्किएमा निशुल्क भिसा नियमित गरिने विभागले जनाएको छ । विभागका अनुसार अब विमानस्थलको अध्यागमन र सीमानाका अध्यागमन कार्यालयबाट निशुल्क भिसा सेवा नियमित हुनेछ ।
नियमित उडान सुचारु भएसगैँ स्वदेश फर्कन नसक्ने विदेशीले आगामी मंसिरसम्म नियमानुसार शुल्क तिरेर भिसा अबधि थप गर्न सकिने विभागले जनाएको छ। त्यस्तै पर्यटक भिसा वा अन्य भिसा रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क र विलम्न शुल्क नलिई निशुल्क भिसा नवीकरण हुने विभागले जनाएको छ ।
विभागका अनुसार ‘चैत ८ गतेसम्म पर्यटक भिसा नियमित भएका १५० दिनसम्म निशुल्क पर्यटक भिसा प्राप्त गर्ने विदेशीहरुको हकमा निजहरुको नेपाल बसाईको अबधि १५० दिनभन्दा बढी भए तापनि गत साउन ३० गतेसम्म निशुल्क र सो पश्चात अन्य विदेशीहरु सरह शुल्क लिई बढीमा मंसिर मसान्तसम्म पर्यटक भिसा नियमित गर्न सकिनेछ ।’
यसअघि विभागले मात्र जारी गर्दै आएको गैर आवासीय नेपाली तथा गौरपर्यटक नाता भिसा तथा नवीकरण अब झापा र पोखरा कार्यालयबाट सुचारु हुनेछ ।