दुई हिमाल आरोहणका लागि भदौ अन्तिममा आएका बहराइका राजकुमारको समूहले गोरखा जिल्लाको मनास्लु हिमाल आरोहणको अनुमति पाएका छन्। राजकुमार सहित १८ जनाको समूहले आज ८१६३ मिटर उचाईमा रहेको मनास्लु हिमाल आरोहणको अनुमित लिएका हुन्।
राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित १८ जनाको आरोहण टोलिले २ समूहमा अनुमति दिईएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । मनास्लु आरोहणको जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले लिएको छ ।
१८ जनाको समूहमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक रहेका छन् । खुम्बु क्षेत्रमा पर्ने बोलुचे र मनास्लु हिमालको आरोहण गर्ने तयारी स्वरुप नेपाल आएको राजकुमारले पहिलो आरोहण अनुमति मनास्लुका लागि लिएका हुन् । दुइ वटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य रहेको बताईएको छ ।