बहराइनका राजकुमार मनास्लु बेसक्यापमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 11:49:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अलको टोली मनास्लु हिमालको बेसक्यापमा पुगेका छन् । बुधबार मनास्लु आरोहणका लागि आधार शिविर पुगेका उनीहरुले आरोहण अध्यास गरिरहेको जनाईएको छ । 

८ हजार १३० मिटर उचाईमा रहेको मनास्लु आरोहणको पूर्वतयारी स्वरुप सामान्य आरोहण गरीरहेको पर्यटन विभागले जनाएको छ । एकैपटक मनास्लुको आरोहण गर्न नसक्ने हुँदा सिमित मात्रामा आरोहण अभ्यास गर्दै गरेको पर्यटन विभागले जनाएको छ । 

विभाग अन्तरगतको पर्वतारोहण शाखाको निर्देशक मीरा आचार्यका अनुसार उक्त आरोहण समूहले कात्तिक ३ र ४ गते आरोहण गर्ने तयारी गरेका छन् । मनास्लु आरोहण पूर्व गत शनिबार सोलुखुम्बु जिल्लाको ६ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए । ८ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गर्दा साढे ५ हजारमाथिको हिमाल आरोहण गरेको हुनुपर्ने नियम अुनसार उक्त आरोहण गरिएको थियो । 

बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ बहराइनी र तीन जना बेलायती गरी १८ जना आरोहण दलका लागि विभागले २ समूह बनाएको छ । निर्देशक आचार्यका अनुसार एक समूहमा १५ जनाभन्दा बढी राख्न नपाइने हुँदा २ समूह बनाएर लियाजन अफिसर खटाईएको हो । विभागमा कार्यतर २ कर्मचारीलाई लियाजन अफिसरको रुपमा खटाईएकोमा उनीहरु आधार शिविरमा नै रहेका छन् । 

राजकुमार सेख मोहम्मतको हिमाल आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको छ । उक्त ट्रेक्सले आरोहणका लागि ७५ भन्दा बढी शेर्पाहरुलाई खटाएको छ । उनीहरुले रुट फिक्सको काम सकिसकेको विभागले जनाएको छ । 

आरोहण टोलीलाई हल्याण्डका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक अर्नाल थ्रेस्टर, २४ पटक सगरमाथा आरोहण गरिसकेको नेपाली आरोही कामीरिता शेर्पा सगैँ अन्य आरोहीहरुले आरोहण गर्ने सेभेन सम्मिट ट्रेक्सले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved