१० दिने पर्यटन बिदा कार्यविधि पारित गर्न होटेल संघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 01:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपालले  नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन माग गरेको छ  । संघले आफ्नो कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई आमन्त्रण गरी बधाई तथा शुभकामना ज्ञापन गर्दै समसामयिक विषयवस्तुमा छलफल  गरेको हो।

छलफलमा संघले १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल हुनुपर्ने माग गरेको हो।  त्यस्तै संघले वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको हुँदा पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरुलाई सान्दर्भिक नदेखिएकोले यो परिस्थितिमा यस प्रकारको नियम लागू नहुनका लागि पहल कदमीका लागि अनुरोध गरेको छ।

त्यस्तै पर्यटन उद्योगलाई सहज र सरल बनाई प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शूल्क, नविकरण आदिको लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गर्नको लागि पनि संघले आग्रह गरेको छ। त्यस्तै पर्यटन तथा होटल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरु सरोकारवाला निकायहरुसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याउन पनि संघले आग्रह गरेको छ  । पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरु पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने, आधिकारिक सूचनाहरु पर्यटन विभागको वेबसाइटमा राखिनु पर्ने सुझाव पनि संघले दिएको छ।

उक्त  छलफलमा संघले विशेष गरी कोभिड–१९ बाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका खेल्न विभागलाई आग्रह गरेको छ । संघकी  अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गर्दै अन्य निकायहरुसँग पहलकदमी गरिदिनका लागि महानिर्देशकसँग आग्रह गरेकी छिन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved