सर्लाहीको भरत तालमा ठेलम्ठेल आन्तरिक पर्यटक, त्यहाँ के छ खास ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2023 | 10:40:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी भरत ताल मा आन्तरीक पर्यटकको घुँइचो लाग्न थालेको  छ ।

सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको यो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए । तालको  हालसम्म डिपिआरको करिब २५ प्रतिशत काम सकिएको छ । ताल पुर्णरुपमा डिपिआर अनुसार  बनिसक्दा  पूरा रु दुई अर्ब लाग्नेछ । तालमा अहिले  रु ७५ करोड खर्च भइसकेको छ ।

मानव निर्मित तालमा निर्माणकै चरण अहिले मा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए । एक सय एक बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ  ।

 “तालमा पानी भरेलगत्तै दैनिक पाँच सय आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको भए पनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो । सोचेभन्दा धेरै पर्यटक आउन  थाले  बागमति नगरपालिका का ४ नम्बर वडा  ले भने

, नगरपालिकाका प्रमुख भरतकुमार थापा भन्छन “सुरूमा सर्लाही र रौतहटको जनसङ्ख्या हेरेर वार्षिक १६ लाख पर्यटक लक्षित गर्दा पनि आयोजना सफल हुन्छ भन्ने थियो । तर भारतको बिहारबाट निकै पर्यटक आउन थालेका छन्

एक हजार चार सय मिटर लम्बाइको तालको हालसम्म सात सय मिटरमा पानी जम्मा भएको छ । बाँकी पानी जमाउने योजना छ । तालमा अहिले करिब १८ लाख घनमिटर पानी छ ।

सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ । वरपर बाटोसहित एक सय २१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन । ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैँचा, पिकनिक र छायाङ्कन स्थल तथा सुमेरी पर्वत बनाउने योजना रहेको उहाँको भनाइ छ ।

पर्यटकलाई दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाउने तयारी छ  । नजिकै जङ्गल सफारीसहितको चिडियाखानाको डिपिआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना डिपिआरमा छ  ।

प्रमुख थापा भन्छन बागमति नदीमा “पशुपतिबाट बगेर पानी आउने भएकाले महत्वका रूपमा हिन्दूले लिइन्छ । पशुपति पुग्न नसक्ने भत्तजनलाई आउँदा पशुपति पुगेको महसुस हुने गरी पूर्वाधार निर्माई हुँदै छ। तालले संस्कृति जगेर्ना, पर्यटन प्रवद्र्धन र सिँचाइमा सघाउ पुग्नेछ । “पानीमा हुने डल्फिलनसहितका जीव यहाँ राख्ने सोचमा छौँ”, पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित संगीतको व्यवस्था गरिनेछ । “आफैँ सामान ल्याउन पनि पाइनेछ”,

भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो । नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक९ सम्पन्न, विपन्न र सुकुम्बासी० र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन सुरू गरेर सङ्घीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण सुरु गरिएको जनाइएको छ । तालको बीचमा पहिलै गहिरो रहेको थियो ।

 

यहाँ २०२८ सालमा बागमती बग्थ्यो । पछि बगर बन्यो । दायाँबायाँको जग्गा २०६२÷०६३ ताका अतिक्रमण भयो । त्यहाँका सुकुम्बासी र भूमिहीनको पहिचान गरेर सात हजार तीन सय घरधुरी सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गरियो । उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो । जग्गा भएकालाई फिर्ता पठाएर करिब अढाइ सय बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखियो । त्यही जमिनको सदुपयोग गर्नेक्रममा ताल बन्यो । तालमा गत वर्षादेखि पानी जम्न थालेको हो

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved