चन्द्रागिरि हिल्समा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 11:35:03 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने छ ।

यसका साथै प्रत्येक भ्रमणमा शेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved