विदेशी मुद्रा आर्जनमा पर्यटन उद्योग अगाडी देखिएको छ । सन् २०१८ मा नेपाल आएका विदेशी पर्यटकबाट ८२ करोड २४ लाख १९ हजार ५४४ अमेरिकी डलर आर्जन भएको छ । यो ८२ अर्ब ४१ करोड ९८ लाख ४४ हजार नेपाली रुपैयाँ हुन आउँछ ।
सरकारले गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख विदेशी मुद्रा आर्जन भएको थियो । तर आर्थिक वर्ष २०७५/०७६ को हाल सम्ममा यो आम्दानी बढेर झण्डै दोब्बर भएको छ ।
अझैपनि वार्षिक ६० प्रतिशत कुल वैदेशिक मुद्राको आम्दानी विप्रेषणबाट प्राप्त हुने गरेको तथ्यांक छ । निर्यातबाट प्राप्त हुने विदेशी मुद्राको तुलनामा विप्रेषणबाट प्रप्त हुने विदेशी मुद्रा ७ गुणाले बढी हो । पर्यटनबाट प्राप्त हुने विदेशी मुद्रा विप्रेषणबाट प्राप्त हुनेभन्दा झण्डै १० गुणाले कम हो ।
वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलका अनुसार अहिले नेपाल आएका पर्यटकको प्रति पर्यटक खर्च दैनिक ५४ अमेरिकी डलर र बसाइँ औसत १३ दिन छ ।
सन् २०१८ मा ११ लाख ७४ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गतवर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो ।