काठमाडौँ–रामेछाप बुलेट यात्रा, ताँवे डाँडामा वनभोज खाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 02:50:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्षको अवसर पारेर नेपाल बुलेट हाउसले पर्यटन प्रवद्र्धनका लागि काठमाडौँ–रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बुलेट हाउसले बुलेट राइडमार्फत काठमाडौँदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका हो ।

रोयल इनफिल्ड बाइकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाइमा काठमाडौँदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने रुट तय गरेका छन् । नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले नेपालका उदीयमान पर्यटकीय गन्तव्यको प्रचार गर्न टु ह्विलर यात्रा सुरु गरिएको बताएका छन् । 

यात्रामा ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागि छन् । चैत्र ३० गते काठमाडौँबाट निस्केको राइडरहरुको टोलीले २०८१ वैशाख १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थिते चर्चित ताँवे डाँडामा विशेष कार्यक्रमका साथ वन भोजको आयोजना गर्नेछ ।

काठमाडौंबाट राइडरहरुलाई कलाकार निखिल उप्रेतीले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

राइडरले आफ्नो बाइकमा नेपालको झण्डा फहराएका छन् । उनीहरु काठमाडौंबाट खुर्कोट हुँदै रामेछापको मन्थली पुगेर ताँवे डाँडामा विशेष कार्यक्रममा भाग लिएर दोलखाको जिरीमा जिरी महोत्सवमा सामेल भइ २ गते काठमाडौं फर्कने छन् । 

राइडहरुलाई रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा रामेछाप–काठमाडौँ सिर्जनशील समाजले विशेष स्वागत गर्ने कार्यक्रम छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved