जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट सरकारले बन्द गर्ने भएको छ। सरकारले काठमाडौं उपत्यकाका जनस्वास्थ्य मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गर्ने भएको हो ।
सरकारले होटल तथा रेष्टुरेन्टको अनुगमन गरीरहेको र जनस्वस्थ्य मापदण्ड पुरा नगरेको पाइएमा बन्द गर्ने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् । यसअघि अनौपचारीक अनुगमनका क्रममा धेरै होटलहरुले मापदण्ड पालनना नगरेको पाइएको बताउँदै अब त्यस्तो भेटिएमा बन्द गरीदिने उनले जानकारी दिए ।
साउन ७ गतेबाट लकडाउन अन्त्य भएसँगै उपत्यकामा होटल तथा रेष्टुरेन्टहरू पुन सञ्चानलमा थालेका हुन् ।