होटल साम्बालामा दुई जना जाँदा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 01:08:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा अवस्थित तिब्बेतियन बुटिक होटल साम्बालाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न स्टेकेसन प्याकेज ल्याएको छ। होटलले दिउँसो र रातको लागि छुट्टाछुट्टै अफर ल्याएको हो । 

होटलको डे स्टे प्याकेजमा डिलक्स कोठा तीन कोर्ष खाना, पुल, वाइफाई र पार्किङको सुविधा छ । जसमा एक जनाको ५ हजार र दुई जनाको मात्र ६ हजार रुपैयाँ चार्ज लाग्ने होटलले जनाएको छ। ओभर नाइट स्टे प्याकेजमा डिलक्स कोठा, तीन कोर्ष खाना, स्विमिङ पुल, वाइफाई र पार्किङको व्यवस्था छ। जसको मुल्य एक जनाको ७ हजार र दुई  जनाको ८ हजार कायम गरिएको होटलका निर्देशक रबिन मानन्धरले बताए।

होटलले परम्परागत नेपाली शैलीमा अतिथीको सत्कार गर्दै आधुनिक सुविधाहरू प्रदान गर्दै आइरहेको होटलको असिस्टेन्ट सेल्स म्यानेजर सुजाता राउतले बताइन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved