होटल वाटर टावरको व्यवस्थापन सिद्धार्थ हस्पिटालिटीले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 03:56:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नुवाकोटको होटल वाटर टावर बैशाख १ गतेबाट सिद्धार्थ होटल वाटर टावरको नामबाट सञ्चालन हुने भएको छ । होटल वाटर टावरले सिद्धार्थ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गरेपछि होटल अब अझ परिकृष्त व्यवस्थापन सहित सञ्चालनमा आउने भएको हो ।

होटल वाटर टावर मा ३३ वटा अत्याधुनिक सुविधा युक्त कोठा, विभिन्न प्रकारका सेमिनार, गोष्ठि र तालिमका लागि  हल, रेष्टुरेन्ट तथा बार लगायतका सुबिधाहरु छन् । 

यस होटलले निकट भबिष्यमा ५०० जना भन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थ क्लव, पारिवारीक वातावरण सहितको फाइनडाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचनाको निमार्ण गरी थप  स्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगन्ज, सुर्खेत,महेन्द्रनगर,झापाको बिर्तामोड,कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा ,बौद्घ , लगायतका स्थानहरुमा २९ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे सिद्धार्थ ग्रुपले विदुर–४, वटार ,नुवाकोट स्थित होटल वाटर टावरमा व्यवस्थापकीय साझेदारी सहित सेवा विस्तार गरेको हो ।

नुवाकोट लगायत बागमति प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले देशका अन्य प्रमुख शहरहरुमा पनि त्यहाका व्यवसायीहरु संग व्यवस्थापकिय सहकार्य गरेर सेवा विस्तार गर्ने तयारी गरि रहेको छ । सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सञ्चालन गरि रहेको छ भने भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved