मोतीलाल दुगडले पाँच तारे होटल ‘सेञ्चुरियन’ बनाउने, व्यवस्थापन रेडिसनले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 03:09:47 PM मा प्रकाशित

laxmi  sunrise bank

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उद्योग राज्यमन्त्री र पछि ओलीकै आर्थिक सल्लाहकार भएका उद्योगी मोतीलाल दुगडले ३ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएका छन् । 

विराटनगरमा सञ्चालनमा आउने उक्त होटलको व्यवस्थापन भने अन्तराष्ट्रिय चेन होटड ब्रान्ड रेडिसनले गर्नेछ । सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्षसमेत रहेका  दुगडले डेढ विघा क्षेत्रफलमा सपिङ मल, कमर्सियल भवन र मनोरञ्जन पार्क सहितको पाँच तारे होटल सेञ्चुरियन बनाउने भएका हुन् । 

काठमाडौँमा सोमबार होटल सञ्चालनको जिम्मा दिने र लिने सम्बन्धमा सेञ्चुरी ग्रुप र रेडिसन होटल ग्रुपबीच सम्झौता भएको छ ।

१८ महिनाभित्र उक्त होटल सञ्चालनमा आउने छ । होटलसँगै हुने मलमा केएफसी तथा पिज्जा हट लगायतका ब्राण्डहरु पनि उपलब्ध हुने छन् । विराटनगर विमानस्थलबाट ४.२ किलोमिटर टाढा र भारतको जोगवनी नाकाबाट १५ मिनेटको दूरीमा आईपुग्न सकिने स्थानमा होटल सञ्चालनमा आउने छ । 

होटलमा १४० कोठा, स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्वायर फिटको विशेष रेष्टुराँ तथा ब्याङ्क्वेट, क्यासिनो समेत रहने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved