धितोपत्र बोर्ड अध्यक्ष समेतको लगानीमा धुलिखेलमा बन्दैछ दुषित थानी होटेल, १ अर्ब ऋण लिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 08:51:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ओमस्टोन एशिया क्यापिटल प्रालीले धुलिखेलमा निर्माण गरिरहेको होटेलको लागि १ अर्ब बढीको ऋणको लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीले लिने १ अर्ब ३ करोड दिर्घकालिन कर्जा र १ करोडको अल्पकालीन कर्जा गरि कुल १ अर्ब ४ करोडको कर्जाको लागि रेटिङ गरेको हो ।

यो कम्पनीले थाइल्याण्डको चर्चित होटल ब्राण्ड ‘दूषित थानी’को चेन होटेल काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिरहेको छ । धुलिखेलमा बनिरहेको होटेलको नाम दूषित थानी नै रहने र ब्यबस्थापान पनि १० वर्षसम्म दूषित थानीले नै सम्हाल्ने गरि सम्झौता भएको छ  ।

हाल नेपाल धितोपत्र बोर्डका अध्यक्ष रहेका रमेश हमालले थाइ चेनको होटल भित्र्याएका हुन् । ओमस्टोन एशिया क्यापिटलमा रमेश हमाल र विष्णु मोरको लगानी छ । मोर हाल दुवईमा रहेका भारतीय मूलका व्यवसायी हुन् । 

यो होटेल सन् २०२१ को जुलाईमा नै सम्पन्न भइसक्नुपर्ने हो । तर कोभिडको कारण निर्माण कार्य धकेलिएको र लागत समेत बढेको छ । होटेल निर्माणको लागत ३६ प्रतिशत बढेको छ । जस अनुसार प्रति कोठाको लागत २ करोड ६० लाख बाट बढेर ३ करोड पुगेको छ । कम्पनीका अनुसार हालसम्म ७० प्रतिशत आर्थिक प्रगति भएको छ । होटेलमा ५९ प्रतिशत शेयर लगानी हो भने बाँकि ऋण लगानीमा बनिरहेको हो ।होटेल निर्माणको कुल लागत १ अर्ब ७३ करोड खर्च हुने अनुमान छ । होटेलमा ४४ गेस्ट रुम र २० भिल्ला हुने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved