होटल रानीवन आर्केटमा ‘भ्यालेन्टाइन डे’ विशेष, धर्मेन्द्र सेवानले प्रस्तुति दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 09:17:33 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको लेकसाईड गौरीघाटस्थित होटल रानीवन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो वारले फागुन २ गते (फेब्रुअरी १४) को दिन भ्यालेन्टाइन डेको अवसर पारेर सांगितिक कार्यक्रम गर्ने भएको छ ।

‘वसुधैव कुटुम्बकम्’ भन्ने नाराका साथ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि कलाकार धर्मेन्द्र सेवान र उनको टोलीमार्फत प्रणय दिवसका दिन विशेष सांगितिक कार्यक्रम गराउन लागिएको होटलका सञ्चालक हरि भुजेलले जानकारी दिए ।

उनका अनुसार उक्त दिन साँझ ५ बजेपछि सांगितिक कार्यक्रमसँगै विभिन्न परिकारका व्यन्जन पूर्ण पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गरिनेछ । 

कार्यक्रममा सहभागी हुन लागि टिकटको ब्यबस्था गरिएको छ। प्रत्येक टिकटमा २ जनाको लागी बुफे खाना र पेय पदार्थको प्रवन्ध मिलाइएको छ । लक्की ड्र मार्फत ३ जना विजेतालाई होटलले विशेष प्याकेजको उपहारको पनि ब्यबस्था गरेको भुजेलले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved