मधेश प्रदेशकै पहिलो पाँचतारे होटल बन्यो ‘होटल इच्छा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 01:17:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बाराको सिमरामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । अब होटल इच्छा मधेश प्रदेशकै पहिलो पाँचतारे होटल बनेको छ ।

रियलस्टेट व्यवसायी इच्छाबहादुर वाग्लेले सञ्चालन गरिरहेको होटल इच्छाले सोमबार पाँचतारे होटलको मान्यता पाएको हो । होटल इच्छामा वाग्लेले १ अर्ब ५० करोड  लगानी गरेका हुन् । 

होटलमा स्वीमिङ पुल, रेस्टुरेन्ट र सभाहल लगायतका पूर्वाधार छन् ।

६ वर्ष अघि चारतारे स्तरमा मिनी क्यासिनोसहित ६० कोठा क्षमताको होटल इच्छा १२० करोडको लगानीमा स्थापना भएको थियो । थप ४० कोठामा ३० करोड लगानी थप गरी सय कोठा पुर्याइएको इच्छा हस्पिटालिटीले जनाएको छ ।

यो होटल सिमरा विमानस्थलबाट २ किलोमिटर दूरीमा पर्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved