अनुगमनको नाममा अन्तराष्ट्रिय बेइजत भएको होटल व्यवसायीहरुको गुनासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2024 | 10:49:31 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल व्यवसायीहरुले सरकारको अनुगमन र कारबाहीको शैलीप्रति असन्तुष्टि जनाएका छन्। यससम्बन्धमा  होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री दामोदर भण्डारीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा होटलहरुमा गरिएको अनुगमन तथा कारबाहीका बारेमा ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो। 

ज्ञापनपत्रमा राज्यको नियम ऐन कानूनको पूर्ण पालना गर्दै संचालित होटलहरुमा अनुगमनको नाममा अव्यवहारिक व्याख्या गरी कारबाही तथा जरिवाना भएको तथा तारे होटलहरुमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचारहरु बारम्बार आइरहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई समाचार प्रेषित गर्दा राष्ट्रिय पर्यटन उद्योगप्रति विश्वव्यापी रुपमा नकारात्मक सन्देश जाने र यस कार्यले नेपालको पर्यटन प्रवद्र्धनको गरिमामा समेत आँच आउने बारे ध्यानाकर्षण गराइएको छ । 

सरकारबाट हुने निरीक्षण अनुगमनको सराहना गर्दै अझ यसलाई प्रभावकारी बनाउन एकलौटी ढंगबाट मात्र नभएर सरोकारवाला निकायसँगको समन्व्यमा हुन सके यस कार्य दीर्घकालिन हुने र अन्तर्राष्ट्रिय चेन तथा व्राण्ड लगायतका होटलहरुको सञ्चालन पनि व्यवस्थित प्रक्रिया बाट हुने हुँदा म्याद गुुज्रिएका सामानहरु उपभोक्ताहरुले उपभोग गर्ने खानामा प्रयोग नभई यस्ता सामान आपूर्तिकर्ता कम्पनीलाई सोझै फिर्ता पठाई सोधभर्ना गर्ने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरु प्रचारमुखी नभई संयमित ढंगबाट हुनका लागि समेत अनुरोध गर्दै यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भएको र यसबाट नेपाल आउने विदेशी पर्यटकहरुबाट बुकिङ रद्द समेत हुन सक्ने हुँदा आगामी दिनमा यस विषयमा समन्वय र सहकार्यको व्यवस्थाका लागि मन्त्रीज्यूसमक्ष आग्रह संघले आग्रह गरेको छ ।

नजिकिँदै गरेको लगानी सम्मेलनलाई समेत असर गर्ने गरी नेपालको पर्यटन विकास र व्यवस्थालाई समेत चुनौती हुने भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रभाव पर्ने खालको यस्ता प्रचारमुखी क्रियाकलापहरु नदोहोरिनका लागि पनि अध्यक्ष शाहले अपिल गरे। 

भेटघाटका अवसरमा मन्त्री भण्डारीले सचिवज्यूसमेतको उपस्थितिमा जायज मागको सराहना गरे। उनले यसतर्फ सकारात्मकता प्रकट गर्दै छिटोभन्दा छिटो समस्या समाधान गर्ने आश्वासन दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved