सामाखुशीमा २ बस ठोक्किँए, २५ यात्रु घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 09:49:12 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको बा १ ख ८६९३ नं को यात्रुबाहक बस आज साँझ ६.१५ बजे ठोक्किँदा २५ यात्रु घाइते भएका हुन् ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्टले बस एकापसमा ठोक्किँदा बसभित्र रहेका २५ यात्रु घाइते भएको जानकारी दिनुभयो । घाइतेको सामाखुशीको अल नेपाल अस्पताल र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बस भक्तपुर चल्ने र महाराजगञ्जदेखि बसपार्क जाँदै गरेको बस चक्रपथ चल्दै आएका थिए । महाराजगञ्जबाट बसपार्क जाँदै गरेको बसका चालक भने गम्भीर घाइते रहेको प्रहरी निरीक्षक विष्टले बताए उनुभयो । घाइतेको नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved