जल तथा मौसम विज्ञान विभागले सुदर पश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम/दक्षिण-पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव रहेको र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । यसका कारण हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको विभागले जनाएको छ।
विभागले आज मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।त्यस्तै आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।विभागका अनुसार आज राति प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले विभिन्न नदि तथा खोलामा बहाब बढेपनि सतर्कता तह भन्दा तल नै हुने जनाएको छ ।