लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म नखुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 09:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एक जिल्लाबाट अर्को जिल्ला चल्ने लामो दूरीका सवारी साधन र बाह्य तथा अन्तरिक हवाइ उडान भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार भदौ १ गतेबाट खुल्ने भनिएका लामो दूरीका सवारी र हवाइ उडान १५ दिन स्थगित राखी भदौ १६ गतेबाट खोल्ने निर्णय गरेको हो । 

साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले एक जिल्लाबाट अर्को जिल्ला चल्ने सार्वजनिक सवारीका साधन र बाह्य तथा अन्तरिक हवाइ उडान भदौ १ गतेबाट खोल्ने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved