पोखरेल र भट्टराईबीच नेपालमा भनाभन, दुबईमा २६६ नेपाली अलपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 04:17:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि आकस्मिक रुपमा बसेको कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा उपप्रधानमन्त्री र मन्त्रीबीच भनाभन भएको छ । मंगलबारको बैठकमा उद्दार उडान स्थगितबारे उपप्रधानमन्त्री इश्वर पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईबीच भनाभन भएको हो । 

सोमबार २ सय बढी यात्रु बोकेर काठमाडौँबाट संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाल एयरलाइन्सको जहाज मंगलबार बिहान रित्तै फर्किएपछि पर्यटनमन्त्रीको आलोचना भएको थियो । निगमको जहाज फर्किदा यूएईमा रोकिएका नेपालीहरुलाई ल्याउने भनिएको थियो । सोही अनुसार २६६ जना फर्किन ठिक्क परेका थिए । तर अन्तिममा आएर सीसीएमसीले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौँमा क्वारेन्टिनको अभाव रहेको भन्दै निगमको जहाजलाई रित्तै फर्किन खबर पठाएको थियो । 

यसअघिः
सीसीएमसीका कारण यूएईबाट रित्तै फर्कियो निगमको जहाज

यसबारेमा आफूसँग कुनै छलफल नै नगरी निर्णय गरिएको भन्दै मन्त्री भट्टराईले असन्तुष्टि जनाएपछि चर्काचर्की भएको हो । सम्पूर्ण कागजी प्रक्रिया, कोरोनाको पीसीआर परीक्षण र इक्जिट भिसा लिएर राती नै विमानस्थलमा आएर बसेका यात्रुहरुलाई नलिई जहाज फर्काउन निर्देशन किन दिईयो भन्दै मन्त्री भट्टराईले प्रश्न गरेका थिए । 

‘क्वारेन्टिनको समस्या देखाएर एयरपोर्टमा आइसकेका यात्रु नलिई जहाज फर्काउनु दुर्भाय हो’ मन्त्री भट्टराईको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘यो कामले सरकारकै बदनाम भएको छ, विभागीय मन्त्री भएको हैसियतले कम्तीमा मैले जानकारी पाउनुपर्ने थियो ।’ 

जवाफमा उपप्रधानमन्त्री पोखरेलले विभिन्न सरकारी निकायले गरेको अध्ययनमा काठमाडौँमा क्वारेन्टिनको अभाव रहेको कारण ल्याउन नसकिने निश्कर्ष आएकाले त्यस्तो निर्देशन दिईएको भन्दै आफ्नो बचाउ गरेका थिइ । उपप्रधानमन्त्री पोखरेलले पराराष्ट्रमन्त्री प्रदिप ज्ञावलीमार्फत अलपत्र नेपालीहरुलाई तत्काल नेपाल नल्याउन पत्रचार गरेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मंगलबारको बैठकमा कुनै निर्णय भने भएको छैन । सीसीएमसीको बैठक आज पनि बस्दै छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved