एमाले नेता लेखराज भट्ट र तत्कालिन सचिव यमकुमारी खतिवडालाई अदालतले बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 11:30:29 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ९ वटा सिमेन्ट तथा चुनढुंगा खानीका उद्योगी र खानी तथा भूगर्भ विभागका कर्मचारीविरुद्द विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा आदालतले तत्कालिन मन्त्री र सचिवलाई पनि बयानमा बोलाएको छ । 

९ उद्योगबाट १ अर्ब २४ करोड बिगो माग दाबी गरिएको उक्त मुद्दाको पेशी पटक पटक चढेपनि अन्तिम सुनुवाई हुन सकेको छैन । अब विशेष अदालतले माघ १६ गतेका लागि तोकेको पेशीमा तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र तत्कालिन उद्योग सचिव यमकुमारी खतिवडालाई पनि बयानका लागि बोलाएको छ ।

तत्कालिन सहसचिव शोभाकान्त पौडेल र खानी विभागका पूर्व महानिर्देशक सोमनाथ सापकोटालाई पनि अदालतले बयानका लागि बोलाएको छ । त्यस्तै, टिप्पणी उठाएका खानी विभागका जियोलोजिस्ट प्रमोद सिंखडालाई पनि अदालतले बयानकै लागि डाकेको छ ।

विभागका तत्कालिन महानिर्देशक रामप्रसाद घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे, लेखा अधिकृत श्रीभद्र गौतम लगायतका कर्मचारीहरु सिमेन्ट तथा चुनढुंगा उद्योगबाट जरिवानाबापत उठाउनुपर्ने भनिएको १ अर्ब २५ करोड रुपैयाँ रकम नउठाएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । उद्योगपति पशुपति मुरारका लगायतका उद्योगीहरु पनि डामिएका छन् । 

यहीँ मुद्दामा लेखराज भट्ट र सचिव यमकुमारी खतिवडालाई बयानका लागि बोलाइएको हो । भट्ट अहिले एमालेका सचिव छन् भने खतिवडा गत जेठबाटै अनिवार्य अवकाश भइसकेकी छिन् ।

मुद्दा दायर गर्नु अगाडी पनि अख्तियारले भट्ट र सचिवसँग बयान लिएको थियो । पौष ११ गतेकै पेशीबाट विशेष अदालतले उनीहरुलाई बयानका लागि बोलाएको बुझिएको छ ।

यो पनिः

अख्तियारले ‘डामे’का खानी विभागका एक अधिकृतको ‘बकपत्र’

मुरारका भन्छन्, ‘मुद्दा चलाएर अख्तियारले उपहार दिईहाल्यो, अब जग्गा व्यापार गर्नुपर्ला’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved