काठमाडौँ महानगरपालिकाकै क्यान्टिनमा भेटियो बासी खानेकुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 05:20:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बासी खानेकुरा भेटिएपछि काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । क्यान्टिनको खानाका विषयमा गुनासा आएपछि अनुगमन गरिएको महानगरले जनाएको छ ।

अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए ।

उनका अनुसार मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो ।  यस्तो नगर्न सचेत गराइएको पनि थियो । यसलाई अटेर गरेपछि कारवाही गरेका उनले बताए । झाले भने, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।’

अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको महानगरले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved