नक्कली म्यानपावर कम्पनी खडा गरेर ५३ लाख ठगी, १७५ जनाबाट रकम असुलेर फरार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 01:26:09 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १७५ जनाबाट रकम असुल गरेर एक व्यक्ति सम्पर्कबिहिन भएका छन् । उपेन्द्र लिम्बु नाम गरेका व्यक्तिले १७५ जनाबाट कुल ५३ लाख रुपैयाँ लिएर फरार भएका हुन् । 

उनले फेक म्यानपावर कम्पनी खडा  गरेर १७५ जनालाई ठगेको पाईएको हो। कोटेश्वरमा 'जनता म्यानपावर’ नामको कार्यलय खोलेर १७५ जनाबाट जनही ३१ हजारका दरले रकम उठाएर लिम्बु फरार भएको बिजपाटीको सम्पर्कमा आएका पीडितले बताए । वैदेशिक रोजगार विभागको वेबसाइटमा जनता म्यानपावर नामको कुनै पनि कम्पनी दर्ता भएको देखिदैन । 

विदेश पठाइने भन्दै ३० हजार सेवा शुल्क र प्रहरी रिपोर्टका लागि भनेर १ हजार गरी प्रतिव्यक्ति ३१ हजारका दरले रकम आफ्नो खातामा जम्मा गर्न लगाएर लिम्बु सम्पर्कबिहिन भएका हुन् । लिम्बुले पीडितहरुलाई मेडिकल पनि गर्न लगाएका थिए ।  अधिकांशले ४ हजार ५ सय रुपैयाँ तिरेर मेडिकल समेत गराएको ति पीडितले बिजपाटीलाई बताए । 

सम्पर्कबिहिन रहेका लिम्बुले रकम जम्मा गरिदिन भन्दै एनआईसी एशिया बैंकको क्यूआर पठाएको र सोहि खातामा उनीहरुले रकम जम्मा गरिदिएको पीडित युवाको भनाई छ । रकम जम्मा गरेपछि केहि दिनपछि खबर गर्ने आश्वासन दिएर लिम्बु सम्पर्कबिहिन भएका छन् । 

तर, १५ दिनसम्म पनि केहि जानकारी नआएपछि युवाहरुले उनलाई सम्पर्क गर्दा प्रोसेसिङ भईरहेको बताएको पीडितले बताए। 'हामीले जनहि ३१ हजारका दरले रकम जम्मा गरिदिएका थियौ। २ सातापछि सम्पर्क गर्दा प्रोसेसिङ भइरहेको छ भनियो ।’ उनले भने 'त्यसको केहि दिनपछि सम्पर्क गर्न खोज्दा फोन पनि अफ छ । अफिस पनि बन्द छ ।’

हालसम्म पनि उनी सम्पर्कमा नआएको पिडितले बताए । आफुहरुलाई कुवेतको अलमाराई कम्पनीमा रोजगारीका लागि पठाउने भन्दै लिम्बुले रकम लिएको पीडितको भनाई छ । 

फेसबुकमा रोजगारीको प्रचार

लिम्बुले 'वैदेशिक रोजगारका अवसरहरु २’ नामको फेसबुक पेजमा रोजगारीको फेक रोजगारीको फेक डिमाण्ड पोष्ट गरेको पाईएको छ ।  सो पेजमा 'कुवेतको अलमाराई कम्पनीमा रोजगारीको अवसर, १ महिनाभित्र जान चाहाने महानुभावले तुरुन्त सम्पर्क गर्नुहोला ।’ लेखिएको थियो । पीडितका अनुसार सोहि पोष्टमा २ वटा मोबाईल नम्बर पनि उपलब्ध थियो । सो नम्बरमा फोन गरेर उनीहरु विदेश जाने चाहनाले काठमाडौँसम्म आएर रकम बुझाएका थिए । सोहि पोष्टलाई सत्य सम्झिदाँ आफुहरु फसेको पीडित बताउँछन् ।

विभाग भन्छ 'कानुन अनुसार कारवाही गछौँ'

यस विषयमा वैदेशिक रोजगार विभागले गलत गर्नेलाई कानुन अनुसार कारवाही गर्ने जनाएको छ । वैदेशिक रोजगार विभागका निर्देशक समेत रहेका सूचना अधिकारी कवि उप्रेतिले छानविन गर्दा गलत देखिए कानुन अनुसार कारवाहि गर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved