संसदले पारित गर्यो खाद्य स्वच्छता तथा गुणस्तर विधेयक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 08:43:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको बुधबारको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८०’ पारित गरेको छ । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिईन् । उक्त विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो । 

राष्ट्रियसभामा उत्पति भएको यो विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस भएको थियो ।कृषिमन्त्री साहले खाद्यपदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नका लागि यो विधेयक महत्वपूर्ण रहेको बताईन्। विधेयकमा खाद्य प्रयोगशाला स्थापना, यसको अनुमतिपत्र तथा नवीकरण, वस्तु आयात तथा निर्यातका बेला गुणस्तर प्रमाणीकरणलगायतका विषय समेटिएका छन् ।

मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ताहित संरक्षणका लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यको आधारमा स्वच्छता र गुणस्तर निर्धारण गरी त्यसको नियमन गर्ने व्यवस्था सरकारले यो विधेयकमा ल्याएको हो ।

अन्तर्राष्ट्रियमा आएको नयाँ परिवर्तन र खाद्य स्वच्छतामा बढ्दै गएको संवेदनशीलतालाई समेत संस्थागत संयन्त्रमार्फत सम्बोधन गरी स्वस्थ्य र निरोगी नेपाल निर्माण गर्नका लागि खाद्य ऐन, २०२३ लाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्न यो विधेयक ल्याइएको हो । यो ऐन प्रमाणीकरण भएको मितिले ९१औँ दिनबाट लागू हुनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved